August 8, 2021, Sun, 19:08:11
By डा. छविलाल गजुरेल, काठमाडौं, (SND)
महात्मा श्री युगलदासजी महाराजको जीवनी र्‌ योगदान
(सार संक्षेप)
महात्मा श्री युगलदासजी महाराजको जीवनी र्‌ योगदान
(सार संक्षेप)
महात्मा श्री युगलदासजी महाराजको जीवनी र्‌ योगदान
(सार संक्षेप)
By डा. छविलाल गजुरेल, काठमाडौं, (SND)
2021-07-15
महात्मा श्री युगलदासजी महाराजको जीवनी र्‌ योगदान <br>(सार संक्षेप)

Shree Navatan Dham (SND)

युगलदासजीको जन्म काभ्रे कालिम्पोङ्‌मा भएको थियो ।
युगलदासजीको जन्म वि.सं. १९५३ साल आश्विन १३ गते शुक्ल पक्ष द्वितीयाको दिन कालिम्पोङ्‌को इच्छे वस्तीमा भएको थियो । उहाँको पिताको नाम सेवादास र माताको नाम सुन्दरबाई थियो । नवजात शिशुको लालनपालन इच्छे मन्दिरमै भयो । इच्छे मन्दिरकी महन्त श्री राजबाई माताजी हुनुहुन्थ्यो । सांसारिक नाताले माताजी राजबाई, युगलदासजीकी साहिँली आमा पर्नु हुन्थ्यो । राजबाई माताजीको संरक्षणमा हुर्किनुभएका युगलदासजीको प्रारम्भिक शिक्षा इच्छे मन्दिरमै भयो । राजबाई माताजीले युगलदासजीलाई नवजात अवस्थामा दीक्षा मन्त्र प्रदान गर्नुभयो । साथै उहाँले युगलदासजीलाई सेवा पूजा आदिको तालिम पनि दिनुभयो । बाग्ह वर्षको उमेरसम्म उहाँ राजबाई माताजीकै संरक्षणमा रही थोर बहुत आध्यात्मिक ज्ञान हासिल गर्नुभयो ।

युगलदासजीका पिता सेवादासजी श्रीकृष्ण प्रणामी धर्मका विद्वान्‌ हुनुहुन्थ्यो । उहाँले भारतको बम्बई, आसाम र नेपालको दैलेखमा धर्म प्रचारगरी धार्मिक क्षेत्रमा योगदान गरी ख्याती कमाउनु भएको थियो । उहाँलाई श्रावण महिनामा बीतक कथा गर्न ठाउँ ठाउँबाट निमन्त्रणा आउथ्यो । एकपल्ट आसामबाट बीतक कथा गर्न सेवादासलाई निमन्त्रणा आएको हुँदा उहाँ इच्छे बस्तीबाट आसाम तर्फ लाग्नुभयो । किशोर अवस्थाका युगलदास पनि भागेर पिताजीलाई पछ्याउँदै आसाम पुग्नुभयो । आसाममा भएका बीतक कथा, भजन, कोर्तन र सत्संगको गहिरो प्रभाव युगलदासजीमा पर्न गयो। आफ्ना पिता सेवादाससङ्गै फर्केर उहाँ कालिम्पोङ आउनुभयो ।

ठिक त्यही अवस्थामा नेपालमा धर्म प्रचारमा अत्यन्त महत्वपूर्ण योगदान गर्ने परमहंस श्री दयालदास महाराज घुम्दै फिर्दै इच्छे बस्तीमा आउनुभयो । त्यहाँ राजबाई र सेवादाससँग भेटघाट भइ धर्म प्रचारका कुरामा विचार विमर्श भयो । दयालदास महाराजले नेपालमा धर्म प्रचार गर्दा आइ परेका कठिनाइको जानकारी दिनुभयो । केही दिनको बसाइपछि दयालदास महाराज, सेवादास र युगलदासलाई लिएर नेपालतिर लाग्नु भयो । त्यतिखेर कालिम्पोङ्बाट नेपालको राजधानी काठमाडौँआउन भारत भएर आउनुपर्थ्यो । त्यो नेपाल तर्फको भ्रमण किशोर अवस्थाका युगलदासको लागि पहिलो भ्रमण थियो । तीनजनाको येली भारतका सिलिगुडी, दरभंगा, गोरखपुर हुँदै नौतनवा पुग्यो । त्यहाँबाट उहाँहरू पाल्पा, तानसेन र पोखरा हुँदै लमजुङ पुग्नुभयो । बीच बाटोमा दयालदासजीले प्रत्येक स्थानको परिचय दिलाउनुभयो । लमजुङबाट उहाँहरू काठमाडौं नरदेवी टोलको भवानी साहुको घर मन्दिरमा पुग्नुभयो । नरदेवीको मन्दिरमा बसेर दयालदास महाराज जिज्ञासु भक्तजनलाई वाणी, बीतक, चर्चनी आदिको तालिम दिनुहुन्थ्यो । त्यहाँको वस्तु स्थिति सेवादास र युगलदासलाई अवगत गराएर दयालदास महाराजले युगलदासजीलाई वाणीको तालिम दिन सुरु गर्नुभयो । यसै बीचमा उहाँहरूले नेपालका विभिन्न पहाडी क्षेत्रको भ्रमण गरी धर्म प्रचारबारेमा जानकारी लिनुभयो । यस सन्दर्भमा युगलदासजीले आफ्नो पुर्ख्यौली थलो ढुंखर्कको पनि भ्रमण गर्नुभयो ।

त्यसपछि दयालदास महाराज भारतको गणदेवी वडसाल तर्फ लाग्नुभयो । सेवादास र युगलदास भारत हुँदै कालिम्पोङ पुग्नुभयो । राजबाई माताको आग्रहमा दयालदास महाराजले युगलदासलाई शिष्य रूपमा स्वीकार्नु भएको थियो । पछि वाणीको अध्ययन गर्ने क्रममा दयालदास महाराजले केही समय इच्छे मन्दिरमा र बम्बईमा तीन चार वर्षसम्म रहँदा तालिम दिनुभयो । गणदेवी वडसालमा लगेर युगलदासजीलाई दयालदास महाराजले चर्चनीको तालिम अरूसँगै राखेर दिनुभयो । त्यसपछि गुरु चेला दुबै काठमाडौंको नरदेवी मन्दिरमा फर्किनुभयो । त्यहाँ एघारवर्षसम्म रहेर दयालदास महाराजले युगलदासलाई प्रणामी धर्मका विविध विधामा प्रशिक्षण दिएर पोख्त बनाउनुभयो । युगलदासजी तब एक कुशल धर्म प्रचारक भएर निस्किनुभयो । यसै बीच नरदेवी मन्दिरमा कचिंगल सुरु भयो । दयालदास महाराज नरदेवी मन्दिर छोडेर बाँसबारीमा जग्गा किनी, मन्दिर बनाएर उतै सर्नुभयो ।

नेपालमा श्रीकृष्ण प्रणामी धर्मको प्रचार गर्दा वि.सं. १९४५ सालदेखि वि.सं. १९५८ सालसम्म लमजुङमा मुद्दा खेपी रहनुभएका दयालदास महाराजले २०५८ सालमा श्री ३ सरकारबाट सनद जारी भएपछि छुटकारा पाउनु भएको थियो । फेरि वि.सं. १९८० को दशकमा नरदेवी मन्दिरमा रहँदा श्रीकृष्ण प्रणामी धर्म प्रचार सम्बन्धमै अर्को मुद्दा खेप्नु पत्यो । प्रणामी धर्म विदेशी धर्म हो, यो मुसलमानी धर्म हो भन्दै मुद्दा लगाइ दिएको हुँदा उहाँ पुनः झमेलामा पर्नुभयो । दयालदास महाराजको आफ्नै चेलो चरणदासले विदेशी धर्म प्रचार गरेको भनेर उजुर गरेकाले मुद्दाको छिनोफानो नहुञ्जेल दयालदास महाराजले तारेखमा रहनु पच्यो । वि.सं. १९८५ मा मुद्दाबाट सफाइ पाएपछि दयालदास महाराजले नेपाल छोड्नुभयो । दयालदास महाराजले राणाहरूको हुकुमी शासनमा नेपालमा श्रीकृष्ण प्रणामी धर्मको प्रचारमा जे जति दुःख भोग्नुभयो त्यो शायद्‌ अन्य कुनै सन्त महात्माले भोग्नु परेको छैन ।

ठिक यही समयमा उता कालिम्पोङ्‌को इच्छे मन्दिरमा राजबाई माताको धाम गमन भयो । गुरु माता राजबाईको इच्छानुसार युगलदासजीलाई इच्छे मन्दिर सम्हाल्न लगाइयो । युगलदासजीले श्री राजबाई माताको सम्पूर्ण जिम्मेवारी आफ्नो काँधमा लिनुभयो । त्यहाँ उहाँले तारतम वाणी र चर्चनी आदिकोप्रशिक्षण दिँदै धेरै व्यक्तिलाई जागृत गराउनुभयो । यस अवस्थामा युगलदासजी महाराजले सन्त मोहन मुकुन्द, पं. कमलकृष्ण जस्ता व्यक्तिलाई दीक्षा मन्त्र दिएर प्रणामी धर्ममा आवद्ध गराउनुभयो । इच्छे मन्दिरमा रहेर महाराज युगलदासले दार्जिलिङ्‌, सिक्किम लगायतका विभिन्न स्थानमा श्रीकृष्ण प्रणामी धर्मको प्रचार गर्नुभयो ।

आफ्ना गुरु दयालदास महाराजको पन्नामा धाम गमन भएपछि नेपालमा प्रणामी धर्मको प्रचार गर्नुभन्ने गुरुको अन्तिम आदेशानुसार युगलदास महाराज वि.सं. १९९९ सालतिर नेपालमा आउनुभयो । बाँसबारीमा गुरुले स्थापना गरेको मन्दिर छिन्न भिन्न भएको अवस्थादेखि उहाँ काभ्रे जिल्लामा गइ श्रीकृष्ण प्रणामी मन्दिरको स्थापना गर्नुभयो । त्यस मन्दिरमा दैनिक सेवापूजा, मेलापर्व, आध्यात्मिक प्रशिक्षण आदि कार्य सञ्चालन भए । धर्म जागनीको काम बढ्दै गयो । अनि वि.सं. २००२ सालमा काभ्रेबाट करिव २०० सुन्दर साथलाई विदेशी धर्म प्रचार गरेको भनी सरकारले पक्रयो । ती पक्राउ पर्नेमा ७ वर्षका बालकदेखि ७०-७५ का बूढाबूढी समेत थिए । बनेपाका भीमबहादुर बादे श्रेष्ठले वि.सं. १९०५ सालको फैसलाको नजीर पेश गरेर प्रणामीहरूलाई छुटाउनुभयो । तर पनि युगलदास महाराज र लल्लु कुमार शाहीलाई छुल्याहाहरूले मुद्दा लगाइ काभ्रे, होक्से बल्थली, दाप्चा, फूलबारी आदि स्थानमा धर्म प्रचार गर्न नपाउनेभनी चौताराबाट फैसला गराई जनही रु.५०।- दण्ड गराइ मुद्दा किनारा लगाइयो ।

त्यसपछि निराश हुनुभएका युगलदास महाराज वि.सं. २००३ साल तिर काठमाडौँको डिल्लीबजारमा आइ बस्न थाल्नुभयो । उहाँले आफ्ना शिष्य कालुराम मारवाडीको घरमा मन्दिर स्थापना गरी धर्म जागनीको कार्य सञ्चालन गर्न सुरु गर्नुभयो । यसै बीच रामचन्द्र गुठीका सञ्चालक चेत बहादुर बस्नेतसँग गुठीको डिल्लीबजारको धनसार घर रु. सातहजारमा किनबेच गर्ने कुरा भइ घरसारको कागज भयो । सो कागज समयमा रजिष्ट्रेशन पास गरी नदिदा मुद्दा पत्यो। युगलदास महाराजले त्यही धनसार घरमा मन्दिर स्थापना गर्नुभयो । धेरै वर्षको किचलो पछि मुद्दा किनारा लाग्यो । तै पनि घरको स्वामित्वको विषयमा खटपट भइ नै रह्यो।

वि.सं. २०१२ सालमा बनेपाका राजदास बादे श्रेष्ठले श्रीकृष्ण प्रणामीहरूको संगठन गर्नुपर्ने आवश्यकता महसुस गरी काठमाडौंको नरदेवी टोलको मन्दिरमा साधु सन्तहरूको भेला गराउनुभयो । त्यो भेलाले युगलदास महाराजलाई प्रमुख सञ्चालक, पूर्ण ब्रह्मशास्त्रीलाई सभापति, राजदास बादे श्रेष्ठलाई कार्याध्यक्ष हुने गरी ‘श्रीकृष्ण प्रणामी समाज’ नामक संस्था खोल्ने निर्णय गस्यो । त्यो संस्था नै वर्तमान ‘श्रीकृष्ण प्रणामी सेवा समिति, नेपाल’को प्रारूप थियो । नेपालमा प्रणामीजनको लागि सेवा समिति खोल्ने युगलदास महाराजको इच्छाको वीजारोपण त्यही २०१२ सालको तदर्थ संस्थाले गरी दियो । त्यसपछिका दिनमा युगलदास महाराजले विभिन्न महानुभावसँग समितिका विषयमा सरसल्लाह गर्न थाल्नुभयो । आखिर २०२३ साल पौष ५ गते नेपाल सरकारको अञ्चलाधीश अफिसबाट ‘ श्रीकृष्ण प्रणामी सेवा समिति’ विधिवत रूपमा रजिष्टर भयो । समितिका संस्थापक अध्यक्ष युगलदास महाराज हुनुभयो । उपरोक्त समितिको प्रथम महाधिवेशन वि.सं. २०२४ साल जेष्ठ २४ गते बनेपामा सम्पन्न भयो ।

डिल्लीबजारको मन्दिर जीर्ण अवस्थाको थियो । युगलदास महाराजले त्यस मन्दिरमा करीब दुई दशक बिताउनुभयो । त्यहीँबाटै काठमाडौं उपत्यका र आसपासका क्षेत्रमा धर्म प्रचार गर्नुभयो । समिति गठनका समस्त काम त्यही डिल्लीबजार मन्दिरमै भए । समिति गठनको प्रक्रिया पूरा हुँदा नहुँदै युगलदास महाराज डिल्लीबजार मन्दिरबाट पाटन पुलचोकको रुक्मिणीदेवी र इन्द्रबहादुरको घर मन्दिरमा सर्नुभयो । महाराजजी पुलचोक सरेपछि भक्तजनको ताँती उतै लाग्यो । पुलचोकबाटै समिति सम्बन्धी निर्देशन आउन थाल्यो । त्यहाँ समितिले सर्वप्रथम आश्रमको निर्माण हुनुपर्ने कुरामा नीतिगत निर्णय गन्यो । महाराजजीकै अध्यक्षतामा समितिहरू बन्थे र पुनर्गठन हुन्थे । श्रीकृष्ण प्रणामी सेवा समितिले गति लिन सकेको थिएन । यस्तै अवस्थामा रुक्मिणी श्रेष्ठ र गजेन्द्रबहादुर अमात्यले पुलचोकको दानागिरी थुम्कोमा एक रोपनी आठआना पर्ती जग्गा आश्रम निर्माणार्थ तत्कालीन ललितपुर नगर पञ्चायतबाट प्राप्त गराउनुभयो । युगलदास महाराजले सो आश्रम बनाउन आफूले जोर जम्मा गरेको रूपैयाँ पैसा सबै लगाएर सहयोगको लागि नेपाल तथा भारतका धर्मप्रेमी प्रणामी बन्धुसँग हार गुहार गर्नुभयो । आखिर वि.सं. २०२९ सालमा आश्रमको शिलान्यास हुने निश्चित भयो ।

वि.सं. २०२९ साल वैशाख ८ गते इमाडोलको श्रीकृष्ण प्रणामी मन्दिरको उद्घाटन समारोहमा पाल्नुभएका श्री ५ नवतनपुरी धामका गादीपति आचार्य श्री १०८ धर्मदास महाराजका करकमलबाट पुलचोकमा निजानन्द आश्रम निर्माणार्थ शिलान्यास गरियो । साथै श्रीकृष्ण प्रणामी सेवा समितिको पुनर्गठन पनि हुनगयो । त्यसपछिका दिनमा आश्रम निर्माणको कार्य निरन्तर चालु रह्यो र वि.सं. २०३८ सालमा एक तले भवनको निर्माण पूरा भयो । निर्माण पूरा भएपछि पुनः आचार्य श्री १०८ धर्मदास महाराजले त्यस आश्रमको उद्घाटन गर्नुभयो । सो उद्घाटन समारोहमा सूरतका गादीपति श्री १०८ ठाकुरदासजी महाराज र कालिम्पोङ्‌का गुरुजी श्री मंगलदासजी महाराजको सुखद उपस्थिति थियो ।

युगलदास महाराजले श्रीकृष्ण प्रणामी सेवा समितिको अध्यक्ष पद वि.सं. २०२३ देखि २०३५ सम्म सम्हाल्नुभयो । त्यसपछि करीब दुई वर्षसम्म उहाँकै शिष्य सन्त मोहन मुकुन्दले समितिको अध्यक्ष पदमा रही केही सुधारका काम गर्नुभयो । मोहन मुकुन्दले अध्यक्ष पद छोडेपछि सो पदमा साधु सन्त इतरका गृहस्थ व्यक्ति नियुक्ति हुनुभयो । यो क्रम अद्यापि चलिरहेको छ । पुलचोकको दानागिरीमा निजानन्द आश्रम निर्माण भएपछि युगलदास महाराज रुक्मिणी श्रेष्ठको निजी घरबाट आश्रममा सर्नुभयो । आश्रममा रहँदा केही उश्रृंखल व्यक्तिले आश्रमको जग्गामा धावा बोली महाराजजी माथि सांघातिक आक्रमण गरे, आश्रममा तोडफोडसमेत गरे । युगलदास महाराजले सबै सहनुभयो । जीवनमा धर्म प्रचार गर्दा अनेकौं चुनौतीलाई पार गर्दै महाराजजी खरो रूपमा उत्रिनु भयो ।

वृद्धावस्थाले अशक्त पार्दै ल्याएपछि उहाँलाई पुनः रुक्मिणी देवीको निजीघरमा सारियो । भक्तजनहरूले उहाँको सेवा गरे । अन्तिम समयमा उहाँले समिति निरन्तर रूपमा उन्नति प्रगति गर्दै अगाडि बढोस्‌ भन्ने शुभकामना दिनुभयो र २०४४ साल भाद्र ३१ गते इहलीला समाप्त गरी परमधाम तर्फ प्रयाण गर्नुभयो । नेपाली प्रणामी समाज शोकमग्न भयो । उहाँको पार्थिव शरीरलाई शंखमूलस्थित प्रयागघाटमासमाधिस्थ गरियो । यसरी प्रणामी धर्मको प्रचारमा आजन्म संघर्ष गर्दै ‘श्रीकृष्ण प्रणामी सेवा समिति’ नामक संस्थालाई जन्म दिएर युगलदास महाराज हामीहरूका बीचबाट विलिन हुनुभयो ।

महाराज युगलदासजीले पारायण गर्ने, भजन कीर्तन गर्ने, संस्थाको संरक्षण गर्ने कामको अलावा भजन तथा बीतक सम्बन्धी किताब लेख्ने, चित्रपट तैयार गर्ने आदि काम गर्नुभयो । उहाँले लेखेको “निष्कलंक दर्पण’ उहाँको अनमोल कृति हो । ‘निष्कलंक दर्पण’ नेपाली भाषामा लेखेको बीतक हो । त्यसमा उहाँले विराटको पनि वर्णन समावेश गर्नुभएको छ । निरन्तर केही न केही गरेर बस्ने, युगलदास महाराजजीको जीवन प्रेरणादायी छ । उहाँले रोप्नु भएको ‘श्रीकृष्ण प्रणामी सेवा समिति’ रूपी विरुवा आज भझाङ्गिएर विशाल वर वृक्ष जस्तै भएको छ। उहाँको सत्प्रयाशबाट नेपालका हजारौं हजार मानिसको आत्म कल्याण भएको छ। यस्ता सच्चा मनीषि महात्मा युगलदासजीमा कोटीकोटी प्रणाम गर्दै यो सानो श्रद्धाञ्जलीलाई यहीँ विश्राम दिइन्छ।
Enable Notifications    Subscribe No thanks