August 29, 2021, Sun, 24:08:32
By जीवन सापकोटा, (SND)
शान्ति सिँह
शान्ति सिँह
शान्ति सिँह
By जीवन सापकोटा, (SND)
2021-08-28
शान्ति सिँह

Shree Navatan Dham (SND)

शान्ति सिंहको जन्म सरकारी उच्च अधिकारी सी.बी. कुमाई र गौरी कुमाई (जो दीक्षित परिवारकी छोरी हुन्‌) की जेठी छोरीका रूपमा वि.सं. १९९० (इ.सं. १९३३ सालको जुन ६ तारिखमा) भएको हो । माता पिता सनातन हिन्दू धर्माबलम्बी हुनु भएका कारण उहाँ त्यसै संस्कारमा हुर्कनु भयो । उहाँको स्कूल तहको अध्ययनपछि दाजिलिङ्गका सिंह परिवारमा वैवाहिक नाता गाँसिएको हो । सिंह परिवारका दुई छोरीहरू मिनू (पछि राजश्री राणा नामले परिचित) र लिलू रोक्काको जन्म भएको हो ।

शान्ति सिंह युवावस्थादेखि नै धार्मिक गतिविधिमा सक्रिय हुनुहुन्थ्यो । उहाँको अगुवाइमा कालिम्पोङ्गमा दुर्गा करुणामयी मन्दिरको स्थापना भएको हो भने उहाँ योगीराज हरिहरानन्द ट्स्टको उपाध्यक्ष रहनु भयो । दार्जिलिङ्गमा बाल विकास र महिला समितिको संस्थापक बन्नु भयो । धेरै साधु सन्तहरूको संगत गर्नु भयो । तर जब गुरुजीसँग दर्शन पाउनु भयो उहाँका सारा जिज्ञासाहरू समाधान भए । उहाँले लेख्नु भएको छ – श्री गुरुजीसँगको भेट माताजी प्रभावती बाईको संगतद्वारा सन्‌ १९१६ मा भएको थियो । त्यसैखेर गुरुजी कुटीमा बस्नु भएको थियो । धेरै सन्तहरूको संगतद्वारा गुरुको खोजी हृदयमा बसिरहेको थियो । त्यसै अवसरमा श्री गुरुजीसँग भेट भयो । प्रथम भेटमा नै चिरपरिचित हुन्‌ भन्ने लाग्यो । दर्शन पाउना साथ किन हो कुन्नी साह्रै रुन मन लाग्यो । आत्माले खोजेको महापुरुषको दर्शन पाएर नै होला यो आत्मा रोएको ।
गुरुजीले धेरै प्रश्नहरू गर्नुभयो । त्यसपछि म तिमीलाई तीन दिनमा ब्रह्मको दर्शन गराइ दिन्छु भन्ने गहन शब्द भन्नु भयो । त्यसबेला बाहिरी दृष्टिद्वारा ब्रह्म-दर्शनको आशामा बसिरहेँ । तर धेरै दिनहरू ं बितिसके पछि यो सानो अनुभवमा आयो – व्रज, रास, जागनीको विस्तार गुरुजीको आशीर्बाद पाएर धेरै कुराको अनुभव भयो । स्वस्थानी पूर्णिमाको दिन गुरुमन्त्र प्रदान गर्नुभयो । त्यस दिनदेखि गुरुजीको कृपा अविरल रूपले बर्सिरहेको छ । केवल मलाई मात्र होइन जसले उहाँको संगत पाएका सबैमाथि कृपा भइरहेकै छ।

गुरुजीले शान्ति सिंहलाई वि.सं. २०४१ तिर बाइजुराज संघ गठन गर्ने निर्देशन दिनुभयो । सर्वप्रथम शान्ति दिदीकै नेतृत्वमा कालिम्पोङ्गमा बाइजुराज संघ गठन भएको हो । पछि उहाँले नेपालमा झापा धुलाबारीबाट बाइजुराज संघका शाखाहरू विस्तारित गर्दै लैजानु भयो । वाइजुराज संघको गठन विधि,सेवा कार्य, सञ्चालन, पोशाक, प्रार्थना, प्रवचनको प्रारूप उहाँले नै सुरु गराउनु भएको हो । आज नेपाल र भारत समेतका मुलुकहरूमा विस्तृत यस संघको प्रारम्भिक रूपभित्र शान्ति सिंह हुनुहुन्छ।

प्रेम लीला स्मृति पुरस्कारले २०५९।२।१ मा सम्मानित शान्ति सिंहको धामगमनपछि बाइजुराज संघ धुलाबारीले आफ्नो समवेदनामा भनेको छ-
“उहाँले छोडेर जाँदा हामी बीच एक उज्ज्वल तारा गुमाएको हामीले अनुभव गरेका छौँ । उहाँले आश्रमको विकासमा महत्वपूर्ण योगदान दिनु भएको छ भने आफ्नो परिवारका अधिकांश सदस्यको आत्मजागृतिको प्रेरक बन्नु भएको छ । नेपालमा संगठित बाइजुराज संघ उहाँको प्रेरणाको प्रतिफल हो । शान्ति दिदी धार्मिक र सामाजिक क्षेत्रका उहाँका योगदानमा सधैं बाँचीरहनु हुनेछ भन्ने हाम्रो विश्वास छ।’
उहाँले वि.सं. २०५९ सालमा (६ मई २००२) बुद्ध पूर्णिमाको विहान शरीर छोड्नु भयो । उहाँको धामगमनले बाइजुराज संघमा लामो समयसम्म एउय शून्यताको, एउय रिक्तताकी अनुभव भइरहयो । आज पनि गुलावी पोशाकमा वाइजुराज संघका दिदी बहिनीहरूले सेवा वा प्रार्थना गरिरहँदा शान्ति सिँह त्यहीँ भित्र कतै हुनुहुन्छ भन्ने भान परिरहन्छ ।
Enable Notifications    Subscribe No thanks