August 29, 2021, Sun, 48:08:20
By डा. छविलाल गजुरेल, काठमाडौँ, (SND)
सन्त कृष्णदास भट्टराईसँगको छोटो मिलन
सन्त कृष्णदास भट्टराईसँगको छोटो मिलन
सन्त कृष्णदास भट्टराईसँगको छोटो मिलन

By डा. छविलाल गजुरेल, काठमाडौँ, (SND)
2021-08-28

लालदास श्रेष्ठ जन्म बनेपामा भएको थियो ।
अन्य प्रणामी सन्तले जस्तै कृष्णदास भट्टराईले पनि भारतका प्रणामी तीर्थस्थलमा रही बाणी,
बीतक, विराट र चर्चनीको अध्ययन गर्नुभयो । उहाँले संस्कृत शिक्षातर्फ मध्यमा सम्मको अध्ययन
गर्नुभएको थियो । उहाँले जीवन पर्यन्त ब्रह्यचारी भेषमा रही कृष्ण प्रणामी धर्मको प्रचार गर्नुभयो ।
उहाँसँगको मेरो जान पहिचान वि.सं. २०३५ तिर भएको थियो । उहाँकै पछि लागेर म पूर्वी नेपालका केही
मन्दिरको निरीक्षण गर्दै गुरुजी मंगलदासजीलाई भेट्न कालिम्पोङ पुगें । गुरुजी सिलिगुढीमा हुनुहुन्छ भन्ने
थाहा पाए पछि हामी दुवै उहाँको दर्शनार्थ सिलिगुढीको मन्दिरमा आयौं । कृष्णदासजीले गुरुजी छेउ मलाई
पुच्याउनु भयो । गुरुजीको सामीप्यमा रहेर हामीले उहाँका अनुभवले खारिएका सारगर्भित वचन सुन्न
पायौं । मेरो लागि त्यो एक अपूर्व घटना थियो । त्यो मिलनको दृश्य समय समयमा मेरो आँखा अगाडिदेखा पर्दछ।
सन्त कृष्णदास र म फर्केर इटहरी आयौं । त्यहाँ गुरुजीले सुरु गर्नुभएको मुक्तिधामको निर्माणहुँदै थियो । कृ्ष्णदास महाराज त्यो निर्माणाधीन मन्दिरको नजिकैको घरमा बस्नु हुँदो रहेछ । उहाँले पनि आफ्नो जीवनमा घटेका मार्मिक घटनाहरू सुनाउनु भयो । विभिन्न सन्त महात्माहरू बारे टिप्पणी गर्नुभयो । पूर्णब्रह्ा शास्त्रीको चर्चा गर्दै कृष्णदासजीले भन्नुभयो- “उहाँको शरीर सुनको तर जिभ्रो चाहीँ पित्तलको’ । सन्त कृष्णदासले दुईवय पुस्तक लेख्नुभएको रहेछ। एउटा ‘अहिँसा परमो धर्म’ भन्ने र अर्को “पूर्ण ब्रह्वा परिचय’ । उहाँले यस बाहेक अन्य ग्रन्थ पनि लेख्नु भएको बुझिन्छ। सन्त कृष्णदासले वि.सं. २०४१ मा ७५ वर्षको उमेर पार गरी इटहरी मै आफ्नो लीला संवरण गर्नुभयो । उहाँसँगको छोटो मिलनमापनि उहाँले गहिरो छाप छोडेर जानुभयो ।