August 29, 2021, Sun, 25:08:56
By होमनाथ बराल, कोटेश्वर, (SND)
सन्त श्री ज्ञानदास खतिवडा
सन्त श्री ज्ञानदास खतिवडा
सन्त श्री ज्ञानदास खतिवडा
![](https://i0.wp.com/shreekrishnapranami.org/wp-content/uploads/2021/08/IMG_1809-scaled-1.jpg?fit=2560%2C1920&ssl=1)
By होमनाथ बराल, कोटेश्वर, (SND)
2021-08-28
![सन्त श्री ज्ञानदास खतिवडा](https://i0.wp.com/shreekrishnapranami.org/wp-content/uploads/jet-engine-forms/1/2021/08/सन्त-श्री-ज्ञानदास-खतिवडा-A.png?resize=420%2C642&ssl=1)
Shree Navatan Dham (SND)
बाग्मती अंचल नुवाकोट जिल्लाको जिलिङमा वि.सं. १९७६
पोष महिनाको १५ गते माता प्रेमदेवी खतिवडा तथा पिता तारा प्रसाद
खतिवडाको दोस्रो पुत्रको रूपमा ज्ञानदासको जन्म भएको थियो । ग्रामिण
परिवेशमा हुर्कनुभएका ज्ञानदासले घरमा नै सामान्य शिक्षा हासिल
गर्नुभयो । तिनताका राणाहरूबाट बेला-बेलामा दिइने अनावश्यक दबाव
र तनावको कारण शिक्षा दीक्षा सुलभ थिएन । आफ्ना पुर्खाहरूको
पालादेरिव अपनाउँदै आएको निजानन्द संप्रदायको नीति र सिद्धान्त
अनुसारको पूजा विधि पनि स्वतन्त्र रूपमा अंगाल्न पाउने अवस्था थिएन।
आफ्नो धर्म र संस्कृति जोगाउन पनि लुकिछिपी रहनु पर्ने अवस्थासँग
जुद्धै,डाँडा काँडा, भिर पाखामा घाँस दाउरा, गोठ गोठाला र मेलापात गर्दै
उहाँले आफ्नो बाल्यकाल बिताउनु भयो । पारिवारिक जीवनमा रहेर पनि
परमात्माका ध्यान गर्न सकिने, आत्म शुद्ध गर्न सकिने शाश्वत सत्यलाई
स्वीकार गरि मातापिता तथा परिवारका अन्य सदस्यहरूका सल्लाहमा उहाँ वल्थुम लमजुङकी अधिकारी
कूलको कन्या मायासँग वि.सं. १९९७ मा २१ वर्षको उमेरमा विवाह बन्धनमा बाँधिनुभयो ।
नुवाकोटको पहाडी जीवनबाट आजित त्यस क्षेत्रका बासिन्दाहरू सुविधाजनक जीवनयापनको लागि मुग्लान जाने क्रम नजिकबाट नियाली रहनु भएका ज्ञानदास खतिवडाको परिवार पनि कष्टकर दैनिकीबाट थोरै भए पनि राहत पाउने र श्रीकृष्ण प्रणामी धर्म स्वतन्त्र रूपमा अवलम्बन गर्न पाइने अभिलाषाका साथ वि.सं. १९९८ ताका भारत, मेघालयको शिलोङमा बसाइँ सर्नुभयो । ८।९ महिनापछि पुनः मादरीहाटमा सरी खेती तथा गाई पालन गर्ने पुर्ख्यौली पेशालाई निरन्तरता दिनुभयो । अध्यात्म चिन्तनमा बढी उत्सुक ज्ञानदास खतिवडा आफ्नो परिवार छोडी वि.सं. १९९९ ताका श्री ५ नवतनपुरी धामतर्फ प्रस्थान गर्नुभयो । आचार्य श्री १०८५ धनीदास महाराज र आचार्य श्री १०८ धर्मदास महाराज तथा लक्ष्मीदास बाबाजीको छत्रछायामा लामो समयसम्म बसेर तारतम सागर, विराट, बीतक चर्चनी, संस्कृत तथा हिन्दी साहित्यको गहिरो अध्ययन गर्नुभयो ।
श्री ५ नवतनपुरी धाममा बसेर धेरै वर्षको अध्ययनपछि उहाँ एक प्रखर धर्म प्रचारकको रूपमा स्थापित हुँदै जानुभयो । आचार्य श्री १०८ धनीदास महाराजको केही वर्ष हजुरी समेत रही जागनीको लागि गुजरातका विभिन्न स्थान, हरियाणा, आसाम तथा भुटान सम्म पुग्नुभयो । आफ्ना माता पिता तथा परिवार रहेको स्थान पश्चिम बंगालको मादरीमा जागनीको ठूलो लहर नै ल्याउनु भयो । दाजु तुलसीदास खतिवडा र भाइहरू छविलदास खतिवडा, अमरदास खतिवडा पनि प्रणामी धर्ममा जागृत हुनुभएको कारण ज्ञानदास खतिवडालाई पारिवारिक सहयोग मिल्न गयो। फलस्वरूप उहाँको नेतृत्वमा र तिनै भाइहरूको सहयोगमा मादरीको बिसहलेमा श्री कृष्ण प्रणामी मन्दिर स्थापना गर्न सफल हुनुभयो । साथै उहाँले समिति समेत गठन गरी जिम्मेदारी हस्तान्तरण गर्नुभयो । उहाँहरू चार भाइलाई त्यस ताका मादरीमा प्रणामी धर्मका चार खम्बा भनिन्थ्यो । अहिले सम्म पनि खतिवडा परिवारको नाम अग्रस्थानमा रहेको छ।
नवतनपुरी धामको लागि भेटी संकलन गर्ने कार्यमा विभिन्न स्थान जाने क्रममा, रलनगर (टाँडी) चितवनका क्षेत्र नारायण मल्ल (चिनियाँ खर्क)सँग उहाँको मित्रता बढ्न पुग्यो । उहाँको प्रणामी धर्मप्रतिको झुकाव र समर्पण देखेर प्रभावित भएका क्षेत्र नारायणको अनुरोधमा २०१० सालमा जीरौना चितवनमा जग्गा किन्नुभयो र २०४१ सालमा स-परिवार मादरीहाटबाट चितवन सर्नुभयो ।
तीन पुत्र र तीन पुत्रीका पिता उहाँ नेपालको अधिकांश स्थानमा मात्र नभइ आफ्नै घर परिवारमा समेत गुरुबाको नामले चिनिनुहुन्थ्यो । उहाँले दहचोक काठमाडौँका सुन्दरसाथ तथा शिष्य/शिष्याहरूको अनुरोधमा २०५२ साल वैशाख १५ गते श्रीकृष्ण प्रणामी मन्दिरको शिलान्यास गर्नुभयो र यथासक्य आर्थिक सहयोग पनि गर्नुभयो । वर्तमान अवस्थासम्म आइपुग्दा निक्कै भौतिक पूर्वाधार सम्पन्न भैसकेको उक्त मन्दिरमा नियमित रूपमा पूजापाठ, मेला पर्व, बीतक कथा सञ्चालन हुँदै आएको र निकट भविष्यमा उद्घाटनको योजना रहेको कुरा सोही मन्दिर इकाई समितिका अध्यक्ष श्री वासुदेव थापाले जानकारी दिनुभएको छ।

![सन्त श्री ज्ञानदास खतिवडा](https://i0.wp.com/shreekrishnapranami.org/wp-content/uploads/jet-engine-forms/1/2021/08/सन्त-श्री-ज्ञानदास-खतिवडा-B.png?resize=502%2C460&ssl=1)
पुरानो पुस्तामा “भेटिया”को नामले समेत चिनिनु हुने संत श्री ज्ञानदास खतिवडाले अध्ययनको क्रममा र त्यसभन्दा पछि अध्यापनको क्रममा समेत गरि ३५ वर्ष श्री ५ नवतनपुरी धाममा बिताउनु भयो । नेपाल र भारतका विभिन्न राज्यमा गरि ५००० (पाँच हजार) भन्दा बढी भक्त सुन्दरसाथलाई तारतम दीक्षा प्रदान गर्नुभएका उहाँका शिष्यमा चितवनका श्री नन्दुदास बराल, श्री सन्तुदास दाहाल, झापाका साहित्यकार श्री प्रेमदास उप्रेती “पीडित”, काठमाडौँका श्री माणिकदास प्रणामी, मोरङका श्री घनश्याम दाहाल पं. श्री डम्बरदास दाहाल र प्रथम शिष्य श्री चूडामणि बरालको नाम अग्रपङ्क्तिमा आउँछ। २०२ ९ सालमा आफ्नी धर्म पलीसँगको बियोग भएपछि केही समय उहाँ स्तब्ध रही २०३२ सालमा भेष धारण गर्नुभयो र अत्यन्त सरल जीवनयापन गर्न थाल्नुभयो ।बुढ्यौली लागि सकेपछि पनि उहाँमा जन्म, मृत्यु, लोक परलोक, भक्ति मुक्तिको बारेमा एकोहोरो र लामो उपदेश दिने बानी थिएन । बरू आफू नै जिज्ञासु बनी दोहोरो कुरा गर्न रुचाउँनुहुन्थ्यो । पछिल्लो पुस्ताको चाहना भित्रैबाट बुझी सोही अनुसारको वार्तालाप गर्नुहुन्थ्यो । “अति नै सरल, मृदुभाषी, रई्ष्या, द्वेष, घमण्ड रहित, लोभ रहित, सादा जीवन उच्च विचारका धनी सन्त श्री ज्ञानदास खतिवडाको शिष्य हुन पाउनु हाम्रो अहोभाग्य हो” भन्नुहुन्छ चितवन निवासी उहाँका शिष्य श्री तारा प्रसाद अधिकारी र श्री लाल प्रताप अधिकारी ।
उहाँका माइला पुत्र श्री मोहन प्रसाद खतिवडासँगको प्रत्यक्ष कुराकानी अनुसार – श्री हरि भक्त रिमाल, श्री छविलदास बाबाजी र कालिम्पोङका श्री तुलसी दाससँगको लामो र अनन्य मित्रता गाँस्नु भएका उहाँ आफ्नो तालिम पूरा भएको दिन अत्यन्त हर्षित हुनुभएको थियो भने श्री लक्ष्मीदास बाबाजी धामगमन भएको समाचारले धुरु धुरु रुनुभएको थियो । सायद त्यो घटना उहाँको जीवनकै कारुणिक दिन थियो । “ज्ञानदासमा किन्चित लोभ छैन” भन्दै हौसला प्रदान गर्नु हुने आचार्य श्री १०८ धनीदास महाराजलाई आफ्नै काँधमा अडेस लगाउँदाको अवस्थामा धाम गमन भएको क्षण स्मरण गरेर बेला बेलामा गौरव महसुस गर्नुहुन्थ्यो भने कहिले काहीँ भक्कानिनु हुन्थ्यो विगतका दिन सम्झेर
वि.सं. २०४३/०४४ ताका आचार्य श्री १०८ धर्मदास महाराजबाट शक्तिनगर दिल्लीस्थित श्री कृष्ण प्रणामी मन्दिरको महन्त र सोही अवधिमा पद्मावतीपुरी धाम गुमटजी मन्दिर नजिकै श्रीकृष्ण प्रणामी मन्दिर क्षेत्रको क्षेत्राधीशको जिम्मेवारी संत श्री ज्ञानदास खतिवडाद्वारा सम्हाल्दा कसो होला भन्ने बारेमा छलफल हुँदा नेपाल तथा भारतका विभिन्न जिल्लामा श्रीकृष्ण प्रणामी धर्मको जागनी कार्यलाई उहाँले निरन्तरता दिनु नै उपयुक्त हुने निर्णय भएअनुसार उहाँमा जागनी कार्यप्रतिको लगाव झनै बढ्दै गएको थियो ।
जीवनको पाँच दशक भन्दाबढी निजानन्द सम्प्रदायको सेवामा बिताउनु भएका सन्त श्री ज्ञानदास खतिवडा वि.सं. २०५९ साल मङ्सिर २५ गते भरतपुरमा ब्रह्मलीन हुनुभयो । यस धरतीमा उहाँको पाञ्च भौतिक शरीर नरहे पनि उहाँका उपदेश यस धराधाममा जीवन्त रहनेछन् ।
स्वदेश तथा विदेशमा छरिएर रहेका सन्त श्री ज्ञानदास खतिवडाका शिष्य शिष्याहरूलाई एकत्रित गरेर, विभिन्न जिल्लामा पालैपालो, साधु सन्त तथा बृद्ध बृद्धाहरूलाई सम्मान गर्ने र उहाँको सरलता, निष्ठा अनुशासन, त्याग र योगदानबाट सिकेका पाठ अनुरूप समाज निर्माणको शिक्षा दिने उद्देश्यका साथ २०५९ पौष ०६ गते अध्यक्ष श्री तारा प्रसाद अधिकारी र अन्य आठ जना सदस्यहरू सहितको “गुरुजी श्री ज्ञानदास ट्रृष्ट’को स्थापना भएको छ । आशा एवं विश्वास गरौं भविष्यमा यस ट्रष्टले उद्देश्य अनुरूपको कार्य गर्न सफल हुनेछ ।