July 31, 2021, Sat, 16:07:44
By बाबाजी श्री अमृतराज महाराज , (SND)
श्रीकृष्ण प्रणामी तीर्थ ( पुरी )को संक्षिप्त परिचय
श्रीकृष्ण प्रणामी तीर्थ ( पुरी )को संक्षिप्त परिचय
श्रीकृष्ण प्रणामी तीर्थ ( पुरी )को संक्षिप्त परिचय
By बाबाजी श्री अमृतराज महाराज , (SND)
2021-07-31
श्रीकृष्ण प्रणामी तीर्थ ( पुरी )को संक्षिप्त परिचय

Shree Navatan Dham (SND)

तीन घाम-तीर्थ दर्शन

तीर्थ त्यही हो, जस्को दर्शन गर्नाले मानिसको संसारिक दुःख सुखादि प्रपंचबाट तार्दछ अथवा मुक्त गरेर शाश्वत
सुखानन्द प्राप्त हुन्छ । जस्तैः-“येन तरति तत्तीर्थम्‌’,“संसारात्‌ तारयति तत्तीर्थम्‌” श्री मन्निजानन्द समप्रदाय वा
कृ्‌ष्ण प्रणामी धर्माबलम्बीहरू आफूलाई कृतकृत्य मान्दछन्‌ । तीनै पुरीहरूको महिमा असीम छन्‌ ।

श्री ३४ नवतनपुरी घाम

यस श्री ५ नवतनपुरी धाम भारतको गुजरात प्रान्त दद
अर्न्तगत छोटी काशी जामनगरमा पर्दछ ।यस
भन्दा पूर्व नवानगरको नामबाट प्रसिद्ध थियो । कजा त
गुजरातको इतिहास अनुसार पहिले जामनगरको
नरेश खंभालीयामा रहनु हुन्थ्यो । जाम श्री रावलजीले
यहाँ एक नयाँ वस्ती बसाउनु भयो र वि.सं. १५९६
सहरको समुद्घाटन आफ्नो करकमलबाट गरेर पो ती तिल म भै तिरो
यसलाई नवानगरको नामकरण गर्नु भएको थियो ।
जामनरेशहरूले धेरै समयसम्म यहाँ शासन गर्नुभयो
र कालन्तरमा गएर जाम साहेबले यस नवानगरको । तिहाई का
नाम नै जामनगर राखी दिनुभयो । आज नवानगर क त त सित ता
यसै जामनगर बाट प्रसिद्ध छ । यसै सन्दर्भमा एकप्राचीन जनश्रुति-आख्यान यस्तो पनि छ कि-द्वापर युगको अन्त्यमा जब द्वारिकाधीश श्रीकृष्णजी द्धारिका छोडेर
बैकुण्ठ जान लाग्नु भएको थियो, तब उहाँले अर्जुनलाई संदेश दिनु भयो कि द्वारिकाबासीहरूलाई यहाँबाट हटाउनु
किनभने श्री
कृष्णलाई थाहा थियो कि उहाँले छोडेर जाने बित्तिकै द्वारिका समुद्रमा डुबेर जानेछ । श्रीकृष्णको आशा
शिरोधार्य अर्जुनले श्रीकृष्णको धामगमन पछि सबै नगरवासीहरूलाई त्यहाँबाट हटाएर एक निर्जन स्थलमा केही
दिनको लागि राख्नु भयो । त्यस पछि त्यहाँ एक नगर जस्तै बन्यो र सो नगरको नाम नवानगर रत्यो । जे भएपनि
पछि गएर उही नवानगरको नाम जामनगरमा परिणत भयो ।

अद्वितीय विद्वान्‌ कान्हजी भट्टबाट भागवत कथा यसै मन्दिरमा सुन्नु भएको थियो । तारतम त्यहीँ प्राप्त भएको
थियो ।आज पनि यस मन्दिरमा सद्गुरु देवचन्द्रजीको चरण चिन्ह र फोटो राखिएको छ ।

१. घ. श्री खिजडा मन्दिर (नवतनपुरीघाम) :

निजानन्द सम्प्रदाय अर्थात श्रीकृष्ण प्रणामी धर्मको आद्यपीठाधीश्वर श्री मन्निजानन्द स्वामी सद्गुरु श्रीदेवचन्द्रजी
महाराजको करकमलद्वारा स्थापित यस श्री खीजडा मन्दिर (श्री ५ नवतनपुरी धाम) अपार महिमाले सुशोभित
छ । यस धाम सद्गुरुको सन्यासावस्था (सन्यास अवस्था) को तेस्रो गादी हो ।
गांगजीभाईको घर चाकला मन्दिरमा परिणत भयो । तैपनि एक गृहस्थको घर नै त थियो । उहाँको मन त्यहाँबाट
हट्न लाग्यो । उहाँ चाहनु हुन्थ्यो कि- एक पुरीको स्थापना गरेर निजानन्दीय पताका फहराउनु । यस्तैमा एक घटना
घट्यो । कुनै विरोधी चुगलखोरले कोतवालसँग चुगली लगायो कि-नगरसेठ गांगजीको घरमा मानिस जम्मा भएर
गाउने, बजाउने,नाच्ने,अरू के-के गर्छन । कोतवालले खोज-तलाश गय्यो तर साँचो ठहर्न सकेन । यसै कारणबाट
सद्गुरु महाराजले चाकला मन्दिर लाई छोडेर गाँगजीको नै मनोहर वगैंचामा स्वयं आफ्नो हातले फुसको कुटी
बनाएर बस्न लाग्नु भयो । तत्पश्चात्‌ यसैले विशाल मन्दिर तथा तीर्थको रूप धारण गच्यो ।यस बगैंचामा एक
खीजडा (शमी) को वृक्ष (रुख) थियो । त्यसैको सानो हाँगा भाँचेर सदुगुरुले दतिवन गर्नु भयो र त्यसलाई
चिरेर जमीनमा त्यसै नै गाडिदिनु भयो । अर्को दिन त्यसैले सानो बिरुवाको रूप लियो । सुन्दरसाथहरूले त्यस
बिरुवाको रक्षा गर्नु भयो र पछि गएर ठूलो रुख बन्यो । आज पनि ती दुबै खीजडाको वृक्ष श्री ५ नवतनपरी
धामको निज मन्दिरकै गारो भित्रबाटै माथि निस्केर हरा-भरा देखिन्छ । लाखौं भक्तजनहरू यस पवित्र धाममा आई
विशुद्ध भावले आफ्ना मनोकामना गरी धूप-दिप,दूध एवं नरिवल चढाउँछन्‌,तब उनीहरूको मनोकामना पूरा हुन्छ ।
सद्गुरुको आशीर्वाद रूपी यस खीजडाको वृक्षबाट सबैलाई मनोवांछित फल प्राप्त हुन्छ ।
निजानन्द स्वामी श्री देवचन्द्रजी महाराज समाधिस्थ हुनु भएपछि गुरूपुत्र बिहारीजीलाई चाकला मन्दिरको गादीमा
राखिएता पनि नवतनपुरी धामको गादी खाली नै रह्यो । जुन स्थानलाई सद्गुरु महारजले वि.सं. १६८७ कार्तिक
महिनामा श्री ५ नवतनपुरी धामको नामाबाट अभिषेक गर्नु भएर निजानन्दीय पताका फहराउनु भएको थियो ।
सद्गुरु महाराजको धामगमनको चौतीस बर्षपछि तेजस्वी बाबा नामको १०-१५ वर्षको शिष्यको साथमा एक
सन्यासी योगीनी केशरबाईले तीर्थाटन गर्दै द्वारिकापुरीको लागि हिंड्नु हुँदा रातमा बास बसी त्यहाँ प्रत्यक्ष ब्रज
रासको लीला देख्नु भयो । यस घटना बाट प्रभावित भएर दोश्रो रात पनि त्यहीँ बस्नु भयो । त्यस रात पनि
. श्रीकृष्णजी, गोपिनीहरूको दर्शन भयो ।यही क्रम २-३ रात चलिरह्यो । उहाँलाई लाग्यो कि-त्यस स्थानको
प्रतापले नै साक्षात दर्शन भयो । यस दिव्य स्थानको महिमा जान्नको लागि उहाँको आत्मा छट्पटायो । तेश्रो
रातको बिहान हुने बित्तिकै सोधपुछ गर्दा एक बृद्धले भने कि-यस स्थानमा उक्त महान सन्त बस्नुहुन्थ्यो । यहाँको
शिष्य अहिले पन्नामा हुनुहुन्छ ।यति सुन्ने बित्तिकै केशरबाई द्वारिकापुरीको दर्शन गर्न छोडेर पन्नातिर जानु भयो ।
त्यहाँ छत्रसालजीसँग भेट भयो । छत्रसालजीले महामति प्राणनाथजी संग भेट गराईदिनुभयो । प्राणनाथजीको
ज्ञान भक्तिद्वारा प्रभावित भएर विदुषी केशरबाईले तारतम मन्त्र लिई यो धर्ममा दीक्षित हुनु भयो । प्राणनाथजीको
शिष्यत्व स्वीकार गरे पश्चात्‌ स्वमी श्रीप्राणनाथजीबाट केशरबाईलाई नै श्री ५ नवतनपुरी धामको गादी सम्हाल्न तथा मन्दिर बनाउनको लागि केही सामाग्रीहरू समेत दिएर पठाउनु भयो । केशरबाईले त्यहाँ आएर गादीको सम्पूर्ण
हु कार्यभार सम्हाल्नु भयो । उहाँ पछि शिष्य तेजस्वी बाबा नै त्यहाँको गादीपति बन्नुभयो ।
सन्तहरूको भनाई अनुसार भारतको जुनागढमा ब्राहमण परिवारमा जन्मनु भएकी केशरबाई १०-१५ वर्षको उमेर
देखि नै सन्यासी योगीनी बनेर घर छोडेर हिड्नु भएको थियो । निजानन्द स्वामीको पछि श्री ५ नवतनपूरीको
गादीपतिको नाममा आचार्य श्री केशरबाईको नाम उल्लेख भएको पाउँछौँ । श्रीकृष्ण प्रणामी धर्मको प्रारम्भ
यस भूतलमा यसै पुण्यभूमि श्री ५ नवतनपुरी धामबाट भएको थियो ।यस पावन स्थानमा सद्गुरु महाराजले
२५ बर्ष सम्म अखण्ड तारतम ज्ञानको प्रचार-प्रसार गर्नु भएको थियो । यस जामनगरमा नै महाप्रभु स्वामी
श्रीप्राणनाथजीको प्रादुर्भाव भएको थियो । अतः यो स्थान अति पवित्र हाम्रो मुकुटमणि भएको छ । जीवनमा यस
पुनीत तीर्थको दर्शन गरेर आफ्नो परम तीर्थको दर्शनले मात्र पनि पाप नष्ट भएर मन पवित्र बन्दछ । यस्तो महान
महिमामयी पुण्य भूमिलाई कोटी-कोटी प्रणाम ।

श्रीकृष्ण प्रणामी तीर्थ ( पुरी )को संक्षिप्त परिचय

१. ङ. गादी ओडी
यस गादी ओडी तीन कोठाको भब्य भवन छ । यसको छेउ-छेउमा दुई वटा कोठा र बीचमा एक सुमनोहर हल छ।
एक छेउको कक्ष-कोठा महामति प्राणनाथजीको ध्यान चितवन गर्ने हो भने अर्को छेउको कोठा सद्गुरुजीको शयन
कक्ष हो । यसको बीचमा सद्गुरु महाराजको अलौकिक दिब्य गादी सुशोभित छ । तत्कालीन समयमा महामति
प्राणनाथ, गांगजी भाई सहित सबै सुन्दरसाथ मिलेर यसै गादीमा गुरु पुर्णिमाको पूण्य तीथिको दिन निजानन्द
स्वमीलाई आसीन गराएर पूजा, आरती गर्नु भएको थियो ।उहाँ सद्गुरु त्यसै गादीमा विराजमान भएर परमधामको ँ
चर्चा, चितवनी तथा आफ्नो प्रमुख शिष्य महामति प्राणनाथजीलाई जागनीको काम गर्नको लागि प्रशिक्षण दिनु
हुन्थ्यो । श्रीकृष्ण प्रणामी धर्मको आद्यपीठाधीश्वर निजानन्द स्वामी सद्गुरु महाराजको यो अलौकिक आद्य गादी
हो । यसैलाई गादी ओडीको नामले पुकारिन्छ ।

१. च. जमुनाजीको कवा :

सद्गुरु महाराज त्यही अद्वैत परमधामको वर्णन गरेर सुन्दरसाथलाई सुनाउने गर्नु हुन्थ्यो । एक दिन जमुनाजीको
प्रसँगमा सद्गुरुले बताउनु भयो कि जमुनाजी पुखराज पर्वतबाट निस्केर हौज कौशर तालमा मिसिन्छ । उनको
जल दुध जस्तो सेतो र मिश्री जस्तो मिठो छ । जमुना जलको त्यस्तो अलौकिक वर्णन सुनेर सुन्दरसाथहरूले उक्त
जल पिउने उत्कृष्ट अभिलाषा व्यक्त गर्नु भयो । त्यस अभिलाषा पूर्तिको लागि सद्गुरुले आफ्नो औंलाले रेखांकित
गरेर उसको उद्गम स्थलको वर्णन गर्ने बित्तिकै त्यहाँ साक्षात जमुनाजी उर्लिएर प्रकट हुनुभयो ।सबै सुन्दरसाथ
जमुनाजीको जलपान तथा स्नान गरेर तृप्त हुनुभयो ।मन्दिरको नजिकै एक कुवा छ, त्यही कुवामा सद्गुरु सहित
सुन्दरसाथहरूले जमुनाजीलाई स्थित गरिदिनु भयो । यसैले त्यस कुवाको नाम नै “जमुनाजीको कुवा” रह्यो ।
सद्गुरुले जुन स्थानमा उहाँको औंलाले रेखांकित गर्नु भएको थियो, त्यही स्थान आज पनि निजमन्दिर भित्र सानो
कुण्डको आकारमा बिद्यमान रहेको छ ।

१. छ,.भ्रीजीको मेडी मन्दिर :

“सम्वत सोलह सौ पचहतरा,आसो वदि चौदस नाम ।
प्रहर दिन चढते वार रवि, प्रकटे धनी श्री घाम ।।”
वि.सं.१६७०५ आश्विन कृष्ण चतुदर्शी तिथि आईतबारको दिन नवानगरको दिवान श्री केशब ठाकुरको घरमा धर्म
निष्ठमाता श्री धनवाईको कोख पवित्र पार्दै यस धराधाममा श्री प्राणणाथजीको अवतरण भएको थियो । बाल्यकालको
शुभनाम श्री मिहिरराज थियो । उहाँको जुन स्थानमा प्रादुर्भाव भयो उसै स्थानलाई मेडी मन्दिर भनिन्छ । यस क्षेत्र
धेरै फराकिलो थियो तर धेरै जसो जग्गा अरूले हस्तक्षेप गरी लिएको हुनाले साँघुरो भयो । त्यसैले वर्तमान स्थित
मन्दिरमा कुनै पनि गृहस्थलाई बस्न सम्भव भएन । जो कोही बस्दथे, तिनले त्यहाँ अनेक चमत्कारीक घटना घटेक्क
देख्ये । यस कारणले श्रीजीको धामगमनको केही बर्ष पछि प्रणामी समाजले खोज-तलास गरेर उक्त स्थानलाई
आफो स्वामित्वमा लिएर त्यहाँ बिहान बेलुमा नित्य सेवापूजा आरती गर्ने कार्य भयो । महामति श्री प्राणनाथजीको
जन्म स्थान धेरै नै महत्वपुर्ण स्थान हो । यसैलाई मेडी मन्दिरको नामले पुकारिन्छ ।

१. ज.सद्गुरू समाघि :

श्रीमन्निजानन्द सम्प्रदायको आद्यपीठाधीश्वर अनन्त श्री विभूषित निजानन्द स्वामी श्रीदेवचन्द्रजी महाराजले यस
धर्तीमा करीव ७४ वर्ष सम्म रहेर आफ्नो लीलाको संवरण गर्नु भयो ।पच्चिस वर्ष सम्म त श्री ५ नवतनपुरी
धाम (श्री खीजडा मन्दिर) मा रहेर अद्ैत ज्ञानको अखण्ड वर्षा गर्नु भयो । त्यस पछि वि.सं. १७१२ भाद्र शुक्ल
चतुदशीं बुधाबारको शुभ दिन उहाँ यस नश्वर संसारलाई छोडेर अखण्ड परमधामको आफ्नो परात्मा स्वरूपमा
उहाँको थयो स्थान
मिल्नु भयो । उहाँको पार्थिव शरीरलाई जुन स्थानमा समाधिस्थ गरिएको थियो, त्यही स्थान सद्गुरु समाधि
मन्दिरको नामले प्रसिद्ध छ ।

१. नौ देहुरी :

निजानन्द स्वामी सद्गुरु श्रीदेवचन्द्रजी महाराजको परम धर्म निष्ठ माता-पिता कुंवरबाई तथा मतुमेहतालाई जुन
स्थानमा अन्तिम संस्कार गरिएको थियो, त्यसै स्थानलाई नौ देहुरी भनिन्छ । माता कुवरबाई एक पतिब्रता नारी
हुनु हुन्थ्यो । आफ्नो पतिको देहान्तको वियोगमा असह्य दुःखले सीमा नाघेर उहाँ पनि पतिदेवसंगै सती जानुभयो ।
उनै पतिब्रता सती नारीको चिर स्मृतिको लागि तत्कालीन जाम नरेशले यस नौ देहुरी बनाई दिनु भयो । सद्गुरु
महाराजले दिव्य परमधामको हौज कौशर तालको नौ देहुरीको स्मरण गरेर आफ्नो करकमलद्वारा उस्तै चित्र
चित्रित गरेर जाम नरेशलाई दिनु भयो । नरेशले सद्गुरुको निर्देशनअनुसार सोही चित्रानुसार नौ देहुरीको निर्माण
|गरी दिनु भयो । यसको दर्शनले मात्रा पनि हौज कौशर तालको नौ देहुरी घाटको याद आउँछ ।एक चौतराको
माथि आठ स्थम्भ छन्‌ । त्यसको माथि चाँदनी छ । एक स्थम्भको माथि एक-एक देहुरी गुमटहरू र बीचमा
एक देहुरीको स्थान सतीको भूमि भएकोले उक्त पवित्र स्थलको दर्शन मात्रले पनि मोनोवांछित फल प्राप्त हुन्छ ।

२ श्री ४७ महामंगलपुरी घाम ।

यस जागनी ब्रहमाण्डमा जागृत ज्ञानको निजानन्दीय अविचल छौँ कि रको)
झण्डा फहराउँदै तथा आफनो ज्ञान गंगामा समाजलाई स्नान गराउँदै, २; बडि पा भे लि
जब श्रीजी नवतनपुरी धामबाट कच्छ, नलिया, ठट्टानगर, अबासी,
लाठी , मस्तक, वंदरादि हुदै वि.सं. १७२९ मा सूरत पुग्नु भयो । त्यहाँ
पुग्दा सुन्दरसाथको संख्या धेरै बढी सकेको थियो । त्यहाँ श्याम भट्ट,भीम
नवरङग-मुकुन्ददास जस्ता प्रखर वेदान्तको विद्धानहरूले उहाँको |
अद्वितीय ज्ञानको समक्ष नतमस्तक हुनुका साथै श्रीजीको शिष्यत्व समेत
स्वीकार गर्नुभयो ।
यता सढुगुरुको दोस्रो गादी चाकला मन्दिर, जामनगरमा गुरूपुत्र बिहारीजी
गुरु स्थानमा आसीन हुनुहुन्थ्यो । बिहारीजीले श्रीप्राणनाथजीलाई धर्ममा संकीर्णता ल्याउने खालको कुराहरूको
आदेश पत्र लेखेर सूरत पठाउनु भयो । विराट हृदयको सम्राट महामति प्राणनाथजीले पत्रको जवाफमा विनप्रपूर्वक
धर्मको संकीर्णताको घेराबाट बाहिर ल्याएर विकाश गर्नको लागि संकुचित भावनालाई परित्याग गर्न अति आवश्यक
छ भन्ने कुरा बुझेर बिहारीजीलाई जामनगरमा पत्र पठाउनु भयो तर त्यो पत्रलाई बिहारीजीले स्वीकार गर्नु भएन ।
यहीबाट दुबै आत्मामा मनोमालिन्यको बीजारोपण भयो । यस पछि सुरतका धर्म प्राण सुन्दरसाथले शिवजी भाइको
प्रसाद (दरवार) मा आफ्ना गुरुलाई सिंहासन-गादीमा आसीन गराउनु भयो र प्राणनाथको उपाधिबाट अर्छकृत गरेर
पूजन- आरती गर्नु भयो । अत: यस मांगलिक कार्यको श्रीगणेश (शुरु) यहीबाट भएको नाताले सबै सुन्दरसाथले
यसलाई श्री ५ महामंगलपुरी धामको उपाधिबाट विभीषित गर्नु भयो । आज पनि यहाँ अष्टप्रहर सेवा-पूजा हुने
गर्दछ । यस पवित्र धामको दर्शनार्थ हरेक साल हजारैंको संख्यामा जाने गर्दछन्‌ ।

२. क. गोपीपुरा :
यस गोपीपुरा नवरंग स्वामी (मुकुन्ददास) जी को घर हो । जब उहाँले श्रीप्रणनाथजीको शिष्यत्व अङ्गीकार
गर्नुभयो, तब देखि आफ्नो तन,मन,धन सबै गुरुको चरणमा समर्पित गर्नु भयो । त्यसै समय देखि नै त्यहाँ
मन्दिरको स्थापना गरेर सेवा-पूजा हुन लागेको थियो । आज पनि त्यसै परम्परा अनुसार त्यहाँ सेवा-पूजा भैरहेको
छ । उक्त घर आज पनि श्रीकृष्ण प्रणामी मन्दिर गोपीपुराको नामबाट परिचित छ ।

२. ख. बहुचराजीको मन्दिर :
यद्यपि नानी बहुचराजी एक देवी शक्तिको नाम हो । यसका पछाडि एक रहस्यमयी घटनाको उल्लेख प्रणामी सन्त
एवं विद्धानहरू गर्दछन्‌ कि – धेरै वर्ष पहिले को कुरा हो त्यहाँ चारै तर्फ निर्जन समतल भूमिको वीचमा एक सानो
यपू (अग्लो स्थान ) थियो । जहाँ देवी बहुचराजीको मन्दिर थियो ।हजारौं मानिस त्यहाँ बोका, परेवा, कुखुरा
आदिको बली चढाउने गर्दथे । त्यहाँ साधु सन्यासीहरू पनि बस्नु हुन्थ्यो । यस्तैमा श्री ५ नवतनपुरी धामबाट एक
उच्चस्तरीय सन्त श्रीमुखवाणी लिएर घुम्दै त्यहाँ पुग्नु भयो । रमणीय स्थान देखेर संतको मनमा लाग्यो कि – सात
दिन त्यहीँ बसेर सप्ताह पाठ गरुँ । फलस्वरूप: पाठ शुरु भयो । धेरै व्यक्तिहरू सुन्न पनि आउनु हुन्थ्यो । एउटी
कन्याले सात दिन सम्म नियमपूर्वक वाणी सुनिन्‌ । पूर्णाहुतिको दिन प्रसादको लागि उनीले हात अगाडि बढाईन्‌ ।
यत्तिकैमा संतले सोध्नुभयो – देवी तिमी को हौ ? तिमीले नियमपूर्वक वाणीको श्रवण गन्यौ । तब कन्याले भनिन्‌
– म देवी बहुचराजी हुँ । यो नजिकैको मन्दिर मेरो नै हो । यो सुनेर संतले भन्नु भयो कि त्यसो भए म तिमीलाई
प्रसाद दिन असमर्थ छु किनभने यो त परब्रहम परमात्मा श्रीकृष्णको प्रसाद हो । तिम्रो मन्दिरमा त पशु-पन्छि
(जीव) को बली चढाइन्छ । तब देवीले भन्नुभयो,“आज देखि म कहिले पनि बलो स्वीकार गर्दिन । म आफ्नो
भक्तहरूलाई प्रत्यक्ष्य एवं अप्रत्यक्ष्य (सपनामा) रूपबाट भनि दिन्छु कि यहाँ जीव हिँसा नगर्नु । तर तपाईले
मलाई परमात्माको प्रसादबाट बञ्चित नगर्नुहोस्‌ । कृपया मलाई तारतम मन्त्रबाट दीक्षित गरेर परब्रह्म श्रीकृष्ण
परमात्माको भक्त बनाउनुहोस्‌ । संतले उनीलाई तारतम मन्त्र सुनाउनु भयो । देवीले संतसँग यो पनि भन्नुभयो,“
हे महान आत्मा ! तपाईले श्रीमुखवाणी यहीँ पधारेर सेवा-पूजा, आरती ,भोगादी गर्नुहोस र आरती प्रसाद मलाई
पनि दिने गर्नुहोस” । त्यसै दिनदेखि संतले देवीले भन्नु भएअनुसार गर्नुभयो । आज पनि त्यहाँ सेवा-पूजा हुन्छ र
आरती भोग श्रीराजश्यामाजीलाई लगाए पछि बहुचराजी देवीलाई दिईने गरिन्छ । ती संतसँग नवतनपुरी धामबाट
जानुभएकोले बहुचराजीको मन्दिर आज पनि श्री ५ नवतनपुरी धाम कै अधीनमा रहेको छ । यहाँ प्रणामी तथा
गैरप्रणामी सबै दर्शनार्थीहरू आउने गर्नु हुन्छ र मनोवञ्छित फल पनि प्राप्त गर्नु हुन्छ ।

२. म. भ्री श्यामदास महाराजको देहरी :

श्री ५ महामंगलपुरी धाम सुरतको गादी परम्परामा एक महान त्यागी तपस्वी महाराज हुनुहुन्थ्यो । उहाँ कै नाम £-
श्यामदासजी महाराज, जसको वि.सं.१८८२ मा श्री ५ मंगलपुरी धाम सुरतको गादीमा अभिषेक गरिएको £::
र वि.सं. १९११ पौष कृष्ण तृतीया शनिबारको दिन उहाँको धामगमन भएको थियो ।उहाँले धाम जाने वेल–
भन्नु भएको थियो कि – मलाई मन्दिरको नजिकै समाधिस्थ गर्नु । तर संतको रहष्यामयी भाषा कसैले वुझ-
र वढा नदीको किनारमा लगेर समाधिस्थ गरिदिए । करीब एक बर्ष पछि भारतमा अंग्रेजहरूको शासनकाट:
त्यही स्थानबाट रेल्वे लाईन बिछाउने क्रममा एक चमत्कार भयो । आज रेलको पटरी बिछायो, भोलिपल्ट विह-:
उखेलिएको भेटिन्थ्यो । कति दिन सम्म यस्तै भै रह्यो । अन्तमा, कार्य सफल नभएर अंग्रेज इन्जिनियरले त्य::
ठाउँमा खनेर हेर्ने आज्ञा दिए । खन्दा खेरी त्यहाँ रगत निस्कियो । त्यहाँ समधिस्त एक जीवित संन्त मिले । खो:
तलाश गर्दा पत्ता लाग्यो कि त्यो त प्रणामीहरूको गुरुको समाधि रहेछ । त्यसै समय अंग्रेज सरकारले एक सार
गुमटी बनाई दिए र धूप,दीप, नैवेद्यादिको लागि बार्षिक चवालीस रुपैँया दिने प्रबन्ध मिलाई दिए ।प्रमाणिट
गर्नको लागि एक ताम्रपत्रमा लेखेर पनि दिए ।रेल्वे लाईन पनि घुमाएर बनाई दिए । आज पनि त्यहाँ रेल्वे लाईं-
घुमेको देखिन्छ ।
यस स्थानमा प्रणामी, गैर प्रणामी लाखौँ नर-नारी गएर धूप, दीप, नरिवल आदि चढाएर आफ्नो मनोकामना पूरा
गर्दछन्‌ । यस प्राचीन स्थानहरूको अतिरिक्त त्यहाँ एक नवनिर्मित श्रीकृष्ण प्रणामी मूल मिलावा मानव मन्दिर पनि
रहेको छ, जुन गोलाकारमा बनेको छ । साथै एक विशाल प्राणनाथ अस्पतालको पनि निर्माण भएको छ । जसमा
लाखौँ बिमारीहरूको उपचार हुन्छ ।

३ श्री ४ पच्चाततीपुरी घाम

भारतको मध्य प्रदेशको पन्ना नगरमा बिन्ध्याचलको हृदयस्थलमा
दिव्य शोभाले अलंकृत श्री ५ पद्यावतीपुरी धाम सुशोभित
छ । महामति श्रीप्राणनाथजी श्रीकृष्ण प्रणामी धर्मको दिव्य
सन्देश जागनीको शंखनाद गर्दै आफ्ना शिष्य मंडलीको साथ
वि.सं.१७४० मा पन्ना स्थित किलकिला नदीको अमराई घाटमा
पुग्नु भयो । त्यस नदीको पानी विषयुक्त थियो । आदिबासी गौड
जातिका व्यक्तिहरूले विशाल साधु समुदायलाई देखेर भने,“हे
माहात्माहरू ! तपाईहरू यस नदिको पानी प्रयोग नगर्नु होस्‌
यो पानी विषालु छ । जनावर, पशु,पंछी आदि पनि यो पानी
पिउने बित्तिकै मर्छन्‌ । त्यसैले यो पानी नपिउनु होला ।
कुरा सुनेर सुन्दरसाथहरूले महाप्रभु श्रीप्राणणाथजीलको दिव्य
चरण धोएर सो चरणामृतलाई नदीमा हालिदिए । विषयुक्त पानी
अमृत बन्यो । सबै सुन्दरसाथले खुशीसँग जलपान र स्नान गरे । यस्तो चमत्कारी घटना देखेर गौडजनहरूले एक
आपसमा कुरा गरे कि – श्री कृष्णले सन्यासीको रूप धारणा गरेर आउनु भएको रहेछ ,जसले कालीदहलाई निर्मल
बनाउनु भएको थियो । यस कुरालाई अमर सखीले भनेका छन्‌ ।

“विष की नदि अमृत कीन्हां, सुख सबन पुहँचाई ।।”

अमराई घाटको नजिकमा नै एक सानो निर्जन यपु जस्तो मनोरम स्थान देख्ने बित्तिकै प्राणनाथजीको मनमा
जागनीको नूरी झण्डा फहराउने दृढ संकल्प जागेर आयो । यस स्थानको विषयमा पौराणिक आख्यान यस प्रकार
पाईन्छ, “एक समयमा भगवान शंकर र पार्वती मृत्यु लोकमा घुम्दै जब बिन्ध्याचल पर्वतको नजिकै यस स्थानमा
पुग्नु भयो तब शिवजील त्यहाँ प्रणाम गर्नु भयो । पार्वतीजीले त्यस स्थानमा प्रणाम गर्नुको मुख्य कारण सोध्नु भए
पछि उहाँले बताउनु भयो कि भविष्यामा यो स्थान एक महान तीर्थको रूपमा प्रतिष्ठित हुनेछ ।

“पद्यावतीकेनशर्दै विन्ध्यापृष्ठे विराजिता ।

इन्दिरा नाम सा देवी भविष्यन्ति कालौयुगे ।।”

जब महामती श्रीप्राणनाथजी पन्ना पुग्नुभयो, त्यसै समय नरवीर केशरी बुन्देला छत्रसाल मञमा हुनुहुन्थ्यो ।छत्रसालको
निमन्त्रणा स्वीकार गरेर उहाँ मञ पुग्नु भयो ।मङको मुख्य द्वारमा दुबै पावनआत्माको दिव्य मिलन भयो । श्री
प्राणनाथजीको ज्ञानले प्रभावित भएर छत्रसालले उहाँको शिष्यत्व स्वीकार गर्दै राजनैतिक र आर्थिक समस्याहरू
सँग जुधेर त्यसमाथि सफलता पाउने याचना गर्नु भयो । श्री प्राणनाथजीले छत्रसाललाई आर्शीवाद यसरी दिनु
भयो |

“छा वेरै राज मे, घक धक धरती होय ।

जित जित घोडा पग धरे, तित वित फत्ते होय ।।”

यस अमीट आशीर्वादको साथ-साथ महाप्रभु बाट आध्यात्मिक, आर्थिक एवं राजनीतिक समृद्धि प्राप्त गर्दै
छत्रसाललले शत्रुहरू माथि विजयको झण्डा फहराउनु भयो । त्यस पछि मकबाट पन्ना आएर आफ्नो चोपडा दरवारमा
छत्रसालले श्रीप्राणनाथजीलाई पधराउनु हुँदै, “पृरण ब्रहम, बह्म से न्यारे आनन्द अखण्ड अपारे……..आदि
पदहरू गाउनु हुँदै आरती उतार्नु भयो । महामतिका आशीर्वाद कै फलस्वरूप: छत्रसालले क्रर मुगल शासक
औरंगजेबका सत्ताबाट मुक्त एक स्वतन्त्र राज्य स्थापित गर्नु भयो । श्री प्राणनाथजीले उहाँलाई महाराजाको पदवीले
विभूषित गर्नु भयौ र आर्थिक संकट निवारणार्थ पन्नामा जताततै हीरा उत्पन्न हुन्छ भन्ने आशीर्वाद दिनुभयो ।

अखण्ड तारतम ज्ञानको धारलाई प्रवाहित गर्दै महाप्रभु प्राणनाथजी एघार वर्ष सम्म पन्नामा रहनुभयो । उहाँका साथ
हजारौँ सुन्दरसाथ हुनुहुन्थ्यो । वि.सं.१७५१ श्रावण शुक्ल तृतीयाको दिन उहाँले आफ्नो इहलीला संवरण गरी गुमट
भित्र समाधिस्थ हुनुभयो ।अत: यस पवित्र स्थान मुक्तिपीठ अर्थात श्री ५ पद्यावतीपुरी धामको नामबाट प्रख्यात छ ।

३. क. ग्री गुम्मटजी :

यस श्री गुम्मटजी गोल पहलदार भवन हो । यसको माथि नौ गुम्मटहरू सुशोभित देखिन्छन्‌ । आठ दिशाहरूमा
आठ र बीचमा एक बिशाल गुम्मट रहेको छ, जसको माथि कलश र त्यसको पनि माथि पञ्जा छ, जो आशीर्वादको
प्रतीक र पाँच स्वरूपहरूको नित्यवासको संकेत मानिन्छ । यो पञ्जा पाँच तत्वबाट निर्मित सचराचर जगतमा
महामतिको आशीर्वादको वर्षा गरिरहेको प्रतीत हुन्छ । यी गुम्मटहरूको दिव्य शोभाबाट नै यसको नाम गुम्मटजी
राखिएको हो । प्रणामी संतहरूको भनाई अनुसार गुम्मटजीको माथिको आठ गुम्मटहरू अखण्ड परमधामको आठ
दिशाहरूका सागर र बीचको गुम्मट रंगमहलको प्रतीक मानिन्छ ।

३. ख श्री बंगलाजी :
श्रीप्राणनाथजीको , गर्नको
बुन्देला महाराजा छत्रसालले आफ्नो सद्गुरु श्रीप्राणनाथजीको लागि बस्न र विश्राम र्नको ७ एक विशाल
बंगलाको निर्माण गर्नु भयो, जसलाई बंगलाजी भनिन्छ । जहाँ श्रीप्राणगथजीका बिछ्योना, ७ सुशोभिन
छ । त्यहीँ पूजा स्थल छ । अगाडिको भागमा सुन्दरसाथहरूलाई बस्तको लागि भब्य हल समाजको । श्रीजी महाराज
त्यहीँ बसेर कथा चर्चा एवं जागनीको कार्य गर्नु हुन्थ्यो । आज यस बंगलाजी प्रणाम समाज सो लागि महान तीथष
भएको छ । कालान्तरमा गएर यसको छाना तामाको पत्रले छापिएको हो, यसको सेवा नेपालको काठमाडौं निवामो
भवानी सेठ नामक एक धनाढ्य सुन्दरसाथद्वारा भएको हो ।

३. ग. श्री सदमुरू मन्दिर :
महामति श्रीप्राणनाथजीको हृदयमा गुरुभक्ति पूर्णरूपमा भरिएको थियो। निजानन्दाचार्य सद्गुरु श्रीटेवचन्ट्रजो
महाराजले धर्मको आध्यात्मिक गादी श्री प्रणनाथजीलाई सुम्पनु भयो । धर्म प्रचार गर्नको लागि महामति जब श्री
५ नवतनपुरी धामबाट निक्लनु भयो, तब सधैँ आफ्नो सद्गुरुको छवि हृदयमा र आध्यात्मिक गादी साथमा राखेर
पूजा गर्नु हुन्थ्यो । पछि त्यसैलाई प्रतिष्ठित गर्नको लागि सद्गुरुको नामबाट एक सुन्दर मन्दिरको निर्माण भयो र
यसैलाई सद्गुरु मन्दिर भनिन्छ ।

३. घ.श्री बाईजुराज मन्दिर :
अद्देत परमधामको अमलावती सखीको सुरता यस संसारमा श्रीतजकुवंरीको रूपमा अवतरण भयो । उनैलाई
पछि गएर श्रीबाईजुराजको नामबाट विभूषित गरियो । उहाँ श्रीप्राणनाथजीको अभिन्न स्वरूपा हुनुहुन्थ्यो । उहाँको
जीवन श्री प्राणनाथ एवं सुन्दरसाथहरूको सेवामा नै समर्पित थियो । उहाँले आफ्नो नश्वर शरीरलाई वि.सं,१७०५०
चैत्र शुक्ल तृतीयाको दिनमा छोड्नु भयो । उहाँको पार्थिव शरीरलाई अग्नि संस्कार गरिएको थियो । उहाँको
वियोगाग्निबाट शोक सन्तप्त सयौँ सुन्दरसाथहरू पनि उसै अग्निमा आहुति भए । त्यसैले त्यस समयदेखि प्रणामी
धर्मावलम्बीहरूमा उच्च आत्माहरूको अग्नि संस्कारको प्रथा नभए जस्तै छ । श्रीबाईजुराज महारानीको स्मृतिमा
त्यसै स्थान नजिक वि.सं.१७५० मा उहाँको मन्दिर निर्माण भयो. जुन भब्य शोभाबाट सुशोभित रहेको छ । श्री
बाईजुराजको मन्दिर आज पनि मसुन्दरसाथहरूको अपार श्रद्धा भक्तिको केन्द्र बनेको छ।

३. ङ. श्री खीजडा मन्दिर :
वि.सं.१७४२ मा दशहराको पुनीत पर्वमा महामति श्रीप्राणनाथले महाराजा छत्रसाललाई मुगल सत्ताको अन्याय र
अत्याचारको बिरुद्ध लडेर विजय प्राप्त गर्नको लागि जुन स्थानबाट एक बिजया-जलपुकार नामक तलवार दिन्‌
भयो अनि शिरमा आफ्नो वरद हस्त राखेर रुमाल ओढाएर आशीर्वाद दिनु भयो । त्यसै पवित्र स्थानमा मन्टिर
बनेको छ ,जुन खीजडा मन्दिरको नामबाट सुप्रसिद्ध रहेको छ । भनिन्छ , पहिले त्यहाँ एक खिजडा वृक्ष पनि
थियो । त्यसैको नामबाट मन्दिरको नामकरण भएको प्रष्ट हुन्छ । श्री प्राणनाथजीले छत्रसाललाई उक्त विजयारूप
दिनु भएको हुँदा उसै व्रधा-परम्परानुसार आज पनि बिजयादशमीको दिन पन्ताको पुजारी वा प्रतिष्ठित व्यक्तिको हातबाट नहाराजा छत्रसालको सन्तानलाई तलवार एवं शिरमा पगडी बाँधेर पानको वीडा प्रसाट आदि
ड दिने चलन आज पनि रहेको छ ।

३. छ, श्री प्राणनाथ क्षेत्र
स्वामी श्रीप्राणनाथजीले एघार वर्षसम्म पन्नाजीमा रहेर ज्ञान गंगाको अशु धारा बगाउनु भयो । उहाँका
श्रीचरणकमलको शरणमा रहने निवृति मार्गी साधु, सन्त, फकीर, वानप्रस्थि एवं सन्यासीहरूको लागि एकान्तमा
बसेर भजन भक्तिद्वारा जीवनयापनको लागि यो श्री प्राणनाथ क्षेत्र बनाइएको हो । यहाँ धेरै साधु-सन्तहरू रहन्छन्‌ ।
यहाँ युगल जोडी श्रीराजश्यामाजीको सेवा-पूजा हुन्छ ।
श्री ५ पद्यामावतीपुरी धाम अन्तर्गत यी सबै मन्दिरहरूको अतिरिक्त श्री लालदासजी महाराजको गुमटी, श्री
केशवदासजी महाराजको गुमटी, नेपाली गुमटी, श्री बाईजुराज महारानीको कोठा, सुशीला महारानी (महाराजा
श्री छत्रसालजीको माहिली रानी) के गुमटी, श्री मुकुन्ददासजीके गुमटी, श्री गोपालदास मरहंसजी महाराजको
गादी-पुरनीशाला आदि वंदनीय एवं दर्शनीय स्थानहरू प्रख्यात छन्‌ ।
उपर्युक्त तीन पुरीहरूले तीन शताब्दी पहिले देखि आजसम्म सम्पूर्ण मानव समुदायलाई आध्यात्मिक शुभ सन्देश
दिएर आत्माकल्याणार्थ सांसारिक बन्धनहरूबाट मुक्त गर्नको लागि परब्रहम परमात्मा अक्षरातीत श्रीकृष्णको
भक्तिमा समर्पित हुने शिक्षा दिई रहेका छन्‌ ।
यी पावन पुरीहरूको दर्शन मात्रले श्रीनिजानन्द स्वामी र महामति श्रीप्राणनाथजीको स्मरण ताजा हुन आउँछ ।
उनै महान्‌ आत्माहरूको स्मरण मात्रले पनि मनको मलीनता हटेर हृदय स्वच्छ हुन्छ । अतः प्रत्येक सुन्दरसाथले
आफ्नो जीवनमा यी पुरीहरूको दर्शन अवश्य गर्नु पर्दछ । यी तीन तीर्थहरूमा महामति श्रीप्रणनाथजीको जागनीको
दिव्य सन्देश, प्रेम, एकता, अखण्डता, सद्भावना, शान्ति र वसुधेवकुटुम्वकमको साकार रूप प्रत्यक्ष देखिन्छ ।
यस्तो महिमामयी भूमि (तीर्थहरू) लाई कोटि-कोटि प्रणाम्‌ ।
उपर्युत तीन पुरी पावन तीर्थस्थलहरूको अतिरिक्त अन्य
-तीर्थस्थलहरूमा भारतको कालिम्पोङ स्थित श्री मंगलधाम, करनाल स्थित श्री बाबा दयारामधाम, भरोडा स्थित श्री
भद्रावती धाम गंगापुर (बिहार) स्थित श्री चेतनधाम,
नेपालको काठमाडौं स्थित श्री नवतनधाम, इटहरी स्थित
श्री मुक्तिधाम आदि वन्दनीय एवं दर्शनीय पावन तीर्थ
स्थलहरू छन्‌ ।

Enable Notifications    Subscribe No thanks