August 8, 2021, Sun, 04:08:41
By गोपालदास बादे, बनेपा, (SND)
भीम बहादुर बादे श्रेष्ठ
भीम बहादुर बादे श्रेष्ठ
भीम बहादुर बादे श्रेष्ठ

By गोपालदास बादे, बनेपा, (SND)
2021-08-07

Shree Navatan Dham (SND)
भीमबहादुर बादे श्रेष्ठको जन्म वि.सं. १९४६ मा वनेपा सहरमा
भएको थियो । उहाँमा सानैदेखि कृष्णको भजन, कीर्तन र पूजा पाठ तर्फ
विशेष झुकाव थियो । उहाँकी दिदी जमुना काठमाडौँ नरदेवी येलका भवानी
साहुकी बुहारी थिइन् । भवानी साहु र उनका भाइ रामदासले आ- आफ्नै घरमा
कृष्ण मन्दिर स्थापना गरी सय, सय रोपनी जग्गाको गुठी राखेका थिए । त्यहाँ
परमहंस दयालदास महाराज बसेर धर्म प्रचार गर्नुहुन्थ्यो । त्यही सम्बन्धले गर्दा
भीमबहादुर पनि श्रीकृष्ण प्रणामी धर्ममा दीक्षित हुनुभयो । उहाँका दीक्षा गुरु
दयालदास महाराज हुनुहुन्थ्यो । उहाँले बनेपाको घरमा श्रीकृष्ण प्रणामी मन्दिर
स्थापना गर्नुभयो । साथै घरमा रहेका बाँके विहारी कृष्ण र लड्डु गोपालको
मूर्ति पूजा पनि त्यहाँ पहिलेदेखि नै चली आएको थियो ।
वि.सं. १९८२ सालमा नरदेवीको मन्दिर घर र गुठीको जग्गामा आई चरणदासले दावी गर्दा मुद्दा पर्न गयो । त्यसमा प्रणामी धर्म प्रति लाञ्छना लगाएकोले धर्म गुरु दयालदास महाराज समेत तानिनुभयो । त्यो मुद्दा जमुनाको माइतीघर बनेपासम्म पुग्यो । भीमबहादुरजीले वारेस भएर तारेखमा धाउनु पच्यो । तारेख खेप्न चौतारास्थित अड्डासम्म पुग्नु पर्दथ्यो । प्रणामीहरू मूर्ति पूजा गर्दैनन्, यो विदेशी मत हो भनेर काठमाडौंमा मुद्दा चल्यो । त्यो मुद्दाको शिलशिलामा भीमबहादुरको घरको खान तलासी लिइयो र पूजा गरी राखेका स्वरूप साहेब, बाँके विहारी कृष्ण र लड्डु गोपालका दुई मूर्ति वरामद गरियो । ती वरामद गरिएका पूजित मूर्ति सरकार समक्ष पेश हुँदा प्रणामीहरू मूर्ति पूजा गर्दैनन् भन्ने आरोप झुट्टा ठहरियो र मुद्दा खारेज भयो ।

पछि वि.सं. २००२ सालमा काभ्रेबाट प्रणामीजनलाई पुनः आरोप लगाइ पाता फर्काएर काठमाडौँ तर्फ चलान गरियो। काभ्रेबाट बनेपा आइपुगेपछि सबै प्रणामीलाई भीमबहादुरजीले खाना खुवाउनु भयो । पछि मुद्दाको पैरवी हुँदा उहाँले वि.सं १९८५ सालको नजीर पेस गरी सबै प्रणामी बन्धुलाई सफाइ दिलाउनुभयो । यसरी दुई दुई वटा आपद्बाट सुन्दरसाथलाई त्राण दिलाउन भीमबहादुर वादे श्रेष्ठले ठूलो मद्दत गर्नुभएको देखिन्छ। प्रणामी समाज उहाँप्रति आभारी रहेको छ। उहाँले वि.सं. २००६ सालमा इहलीला समाप्त गर्नु भयो।