July 27, 2021, Tue, 49:07:55
By Shree Navatan Dham (SND), (SND)
महामति श्री प्राणनाथजी
महामति श्री प्राणनाथजी
महामति श्री प्राणनाथजी
By Shree Navatan Dham (SND), (SND)
2021-07-27
Shree Navatan Dham (SND)
श्री प्राणवाथ विज मूलपति श्री मेहेरज वुवाम ।
तेज कुवरी श्यामा युगलको; पल पल करो पटनाम ॥
पूर्व क्षितिजमा जब सूर्यको लालिमा छाँउदछ, तब सबैको मन हर्षोल्लासले प्रफुल्लित भएर गद-गद हुन्छ । सूर्यले यो भन्दैन कि – म यो-यो स्थानमा मात्र प्रकाश दिन्छु । उसले सबै ठाउँमा प्रकाश पुग्याई दिन्छन् । चाहे राम्रो स्थानमा होस्, चाहे फोहर स्थानमा होस् । चाहै हिलो होस् वा सुन्दर । सबै स्थानमा सूर्यको प्रकाश एकैनासले पर्दछ । उसलाई नत उचाईसँग प्रेम नत गहिराईसँग घृणा । नत सुगन्धसँग स्नेह नत दुर्गन्धसँग । न हिन्दुसँग उसलाई मतलब छ, न इशाई, न मुसलमान सँग । उसको कोहीसँग सम्बन्ध छैन । हो, उसलाई आफैसँग मतलब छ कि – सबैलाई समभाबले प्रकाश दिनु । महामति श्री प्राणनाथको शैशवावस्थाको नाम मिहिरराज थियो । मिहिरको शाब्दिक अर्थ हुन्छ सूर्य र राजको मतलब “राजा’ । ‘यथा नाम तथा गुण’ भनेझैँ उहाँको ज्ञानमा, उहाँको वाणी भित्र सूर्यको जस्तै नत कुनै भेदभाव छ, नत ठूलो सानो कै प्रश्न । उहाँको अद्ठैत वाणीले सबैलाई समभाबले प्रकाश तथा ज्ञान प्रदान गर्दछ ।
गंगा गंगोत्रीबाट निक्लेर सागरमा मिल्दछ । उसमा चाहे इशाई, चाहे मुसलमान स्नान गरुन । जो कोही भएता पनि सबैलाई गंगाले शीतलता प्रदान गर्छिन् । गंगाको लागि नत हिन्दुको प्रश्न, नत मुसलमान आदि । उसको काम हो, सबैलाई शीतलता एवं पवित्रता प्रदान गर्नु । उसलाई पवित्रता र शीतलतासँग मतलब छ, अरु कोही को हैन । यस प्रक महामति भन्नु हुन्छ कि –
ब्राह्मण कहे हम उत्तम मुयलमान कहे हम पाक।
बोर मुठी एक गैर की; एक राब दुजी बाक॥
ब्राह्मण – हिन्दुलाई अंहकार छ कि, हामी उत्तम हौं, मुसलमान आफूलाई पाक भन्ने सम्झेर घमण्ड गर्दछन् । तर महामति भन्नु हुन्छ कि दुबैले अभिमान गर्नु माटो र खरानी सरह हो । दुबैको बुनियादी फरक छैन । शब्द अलग छ, भाव एउटै छु। आत्माको अस्तित्व मानवको जन्म भन्दा अगाडि पति थियो । र मृत्यु पश्चात पनि रहन्छ । तर शरीरको अस्तित्व नत जन्म अघि थियो, नत मृत्यु पछि रहन्छ । मात्र बीचमा “चार दिनकी चाँदनी फिर अन्धेरी रात” । यसकारण श्री प्राणनाथजी वर्णन गर्नुहुन्छ, “पहले ओलखो आपको” शरीरको होइन । आत्मासँग सम्बन्ध राखेर, उसलाई पहिचान गरेर मात्र शारीरिक र आत्मिक भेदलाई राम्रोसँग बुभन सकिन्छ । यस प्रकार भन्नु हुन्छ कि “पहिले आप पहिचानो साधो ।”
Shree Navatan Dham (SND)
महामति श्री प्राणनाथजीको तत्वज्ञान, उहाँको वाणी आत्मीय सम्बन्धसँग जोडिएको छ । कुनै आत्मा न हिन्दुको हो, न मुसलमानको, न इशाईको, न ब्राह्मणको, न वैश्य, न शुद्रको हो । यो त ईश्वरको विशुद्ध अंश हो । आत्माको केही भेदभाव छैन, भेदभाव त शारीरिक आडम्वर र अहंकार मात्र हो । यसकारण, जो महामति को ज्ञान-गंगामा स्नान गर्छन्. उसलाई शीतलता एवं पवित्रता अवस्य मिल्दछ । आउनुहोस, एक पटक त्यस्तो महापुरुषको जीवनरुपी महासागरमा स्नान गरौं, डुबुल्की लगाउँ अवश्य पनि हामीलाई शान्ति र आनन्दको अनुभव हुनेछ । यतिमात्र हैन, शान्ति यहाँको शरणमा पर्नेछ भने आनन्द यहाँको पछि-पछि छायाँ बन्ने छ। विक्रम सम्बत १६७५ आश्विन कृष्ण चतुर्दशी आइतबारका दिन यस धराधामलाई सुशोभित गर्नको लागि जामनगरको दीवान श्री केशवराय ठाकुरको घरमा उहाँको प्रादुर्भाव भयो । उहाँ बालक अवस्थामा अति चञ्चल र चुलबुले स्वभावको हुनुहुन्थ्यो । उहाँको तर्क शक्ति अति तीक्ष्ण प्रकृतिको थियो । अरु कोही तर्कको लागि आई हाले तापनि सानो मुख लगाएर फर्कन्थे । शैशवावस्था देखि नै उहाँको तीक्ष्ण बुद्धिमा पनि आध्यात्मिक झुकाव थियो । श्री केशव ठाकुरको पाँच पुत्रहरू थिए । उस मध्ये उहाँ चौथो सुपुत्र हुनुहुन्थ्यो । दाजु गोवर्धन ठाक्रसँग उहाँ मन्दिरमा साघु-संत, पण्डितहरुसँग सत्संग गर्न जानुहुन्थ्यो । सुनेको चर्चा- प्रवचनलाई खुब ध्यानपूर्वक बिचार गरेर त्यसलाई आत्मासात गर्ने गर्नु हुन्थ्यो । फलस्वरुप: उहाँको तीक्ष्ण मस्तिष्कमा तार्किक एवं आध्यात्मिक बिषय बस्तुको बीजारोपण भैसकेको थियो । बाह्र बर्ष दुई महिना दश दिनको अवस्थामा उहाँले सतगुरु श्री देवचन्द्रजीसँग भेटनु भयो । वि.सं. १६०७ मार्ग शुक्ल नवमीको शुभ बेलामा दुई महान दिव्यात्माहरूको सुमिलन भएको थियो ।
Shree Navatan Dham (SND)
कुनै असल जमीनमा बीज रोप्दा तुरुन्त अंकुरित हुन्छ ।
महामति श्री प्राणनाथजीको अन्तर आत्मा विशुद्ध एवं विशाल
थियो । सद्गुरु श्री देवचन्द्रजीले उहाँलाई देख्ने बित्तिकै उस
चैतन्य दिब्य धामको वासी इन्द्रावतीकी आत्मालाई चिन्नु भयो ।
महामतिको विशाल हृदयलाई चिन्ने बित्तिकै उस हृदयरुपी
बगैँचामा तारतमरुपी बीज रोपेर प्रेमरुपी जलले सिंचन
भयो । समय भएपछि वही बीज पल्लवित भएर, उसमा अनेक
फूल फूल्यो, फल लाग्यो, त्यसको सुगन्ध चारै तर्फ फैलियो । बही
सुगन्ध, उसै फलको रसस्वादन आज हामी पनि लिई रहेका छौँ।
र भोली अरुहरूले पनि लिंदैजानु हुनेछ । त्यही फल अमर बन्योर
सुगन्ध अमिट रह्यो ।
सद्गुरुको अद्रैत ज्ञानले वहाँलाई यस संसारबाट दिन प्रति
दिन बैराग र परमात्मामा अनुरागको बृद्धि हुँदै गयो । यहाँ सम्म
भयो कि – बैरागको तीब्र ज्वालाले वहाँको हृदयलाई रोमान्चित
बनाई दियो । फलस्वरुप: उहाँ दुई पैसा भरको अन्नको आहार
लिन लाग्नु भयो । उहाँले तन मन धन सबै सद्गुरुको श्रीचरणमा
समर्पित गर्नु भयो । जो मनमा अतिशय बैराग्यको ज्वाला थियो,
अब बाहिर पनि प्रर्ज्वालत हुँदै गयो । उहाँले आफ्नो आत्मा
मोक्षार्थको लागि मात्र सोच्नु भएको थियो । तर सद्गुरुको
आकांक्षा थियो कि मिहिरराजको हातबाट नै सम्पूर्ण जागनीको
कार्य सम्पन्न होस् ।
स्वामी विवेकानन्दले आफ्नो गुरु रामकृष्ण देवबाट वरदान
माग्नु भयो कि – गुरुदेव ! यस संसारलाई म सारहीन-रित्तो
देख्छु । यसकारण, हजुरले मलाई निर्विकल्प समाधि दिनु होस् ।
किनकि निर्विकल्प समाधि साधारण तया धार्मिक अनुभूतिको
सर्वोच्च अवस्था मानिन्छ । विवेकानन्दलाई श्री रामकृष्ण देवले
भन्नु भयो कि – तिमीलाई लाज छैन ? मेरो धारणा थियो कि –
तिमी एक महान वरको वृक्ष बनेर बढ्ने छौ र संसारको शोक-
ताप हर्ने छौ । तर अब म देख्दै छु कि तिमी त केवल आफ्नो
मात्रै मुक्तिको बाटो खोज्दै छौ ।
आफ्नो मोक्षको लागि दुई पैसा भरको अन्न ग्रहण गरेर
विरहाग्निमा शरीरलाई तपाएर क्षीण गराउन लाग्नु भएको थियो,
तब सद्गुरु श्री निजानन्द स्वामीले भन्नुभयो कि – मिहिरराज !
मेरो अभिलाषा त सम्पूर्ण भुलेर भटकी रहेका आत्माहरूलाई
तिमीले जागृत गर्ने छौँ भन्ने लागेको थियो । यस कलियुगमा
भयन्त्रास र तीन-ताप (भौतिक, दैविक र आध्यात्मिक) ले सन्तप्त
प्राणीहरूलाई आफ्नो ज्ञान-गंगाको शीतल प्रवाहले सुसिंचन गरी
उनीहरूका प्रसुप्तात्माहरूलाई झकझकाएर जगाई उस
अष्रैतधामको सुमार्ग बताई दिनेछौँ । तर तिमीले त आफ्नो मात्र
मोक्षको लागि आफ्नो देहलाई जलाएर खरानी बनाउदै छौ ।
तिमीलाइ एक्लै मुक्ति मिल्नेछ्लैन । तिमीले संसारको सचराचर
प्राणीहरूलाई मुक्तिको मार्गदर्शन गराउनु पर्नेछ ।