July 27, 2021, Tue, 21:07:51
By Shree Navatan Dham (SND), (SND)
धर्म
धर्म
धर्म
By Shree Navatan Dham (SND), (SND)
2021-07-14
धर्म

Shree Navatan Dham (SND)


धर्मेगैव जगत सुरक्षितमिदं धर्मो धराधारक : । धार्माद्वस्तुन किन्चिदस्ति जगति धर्माय तर्स्स नम :॥

धर्म एक व्यापक शब्द हो । धर्मको परिभाषा र व्याख्या आ-आफ्नै ढंगबाट गरिएको पाइन्छ । यस संसारमा मुख्यतया निम्नलिखित धर्महरू अधिक प्रचलनमा रहेको मानिएका छन्‌ ।
१. हिन्दू तथा वैदिक धर्म २. बौद्ध धर्म३. जैन धर्म ४. सिख धर्म१. इसाई धर्म ६. इस्लाम धर्म७. पारसी धर्म ८. ताओ धर्म९, यहृदी धर्म. १०. कन्फ्युसियस धर्म
केही बिद्वानहरू जैन र सिख धर्मलाई हिन्दू धर्म अन्तरगतमान्दछन्‌ भने कतिपयले मान्दैनन्‌ पनि । चाहे जे भए तापनि यस
संसारमा एकै ‘सत्य’ धर्मलाई अनेक रूप दिइएको छ । यसरी सबैलेसत्यलाई नै धर्म मान्दछन्‌ । संसारकै पुरातन ग्रन्थ वेदमा धर्म शब्दकोव्याख्या प्रशस्त पाइन्छन्‌ जसको अर्थ व्यक्तिले आफ्‌ खुशी लगाउँदैआएका छन्‌ ।
यस सन्दर्भमा कसैले यज्ञ-यज्ञादि गर्नुलाई नै धर्म मान्दछन्‌भने कसै-कसैले होम गर्ने र बलि दिने प्रथालाई पनि धर्म मान्दछन्‌जुन सत्ययुगमा ज्यादै प्रचलित थियो । बलिको पराकाष्ठा यहाँसम्मथियो कि ‘नरमेध’ बलियज्ञ रे । यसैलाई पनि परम धर्म मान्दथै रे ।कतिपयले त ‘कर्मकाण्ड’ लाई मात्र धर्म मान्दछन्‌ भने कतिपयले“आचार प्रथमो धर्म” भन्दै चरित्रमा जोड दिन्छन्‌ । कतिले ‘सम्प्रदाय’लाई नै धर्म मान्दछन्‌ त कतिले धर्मको अर्थ स्वभाव र प्रकृतिलाईपनि लिएका छन्‌ । यस प्रकारले अहिलेसम्म पनि धर्मको अनेक अर्थलगाई राखेको पाइन्छ ।

धर्म

Shree Navatan Dham (SND)

आचार प्रथमो धर्म

कर्म, आचार, दान-दया, जप-तप, ज्ञान-ध्यान, भजन-कीर्तन,संयम-नियम, सेवा-पूजा, पाठ-पारायण, कथा. आदि धर्मका लक्षणअथवा अंग मानिन्छन्‌ । “आचार प्रथमो धर्म, अहिंसा परमो धर्म,वेदोषखिलो धर्ममूलम्‌, नधर्मो दया पर, दशक धर्मलक्षणम्‌, सेवा धर्मपरम गहनो योगिनामप्यगम्य” यस प्रकार विभिन्न शास्त्र, पुराण,श्रुति, स्मृति आदिमा धर्मको चर्चा पाइन्छ ।
वैष्णव साधु-सन्त, जैन, बौद्ध र वैदिक कर्मवादीहरूअहिंसालाई नै धर्म मान्दछन्‌, जसमध्ये जैन धर्मका उपासकहरू तअहिंसालाई विशेष रूपमा मान्दछन्‌ । यहाँसम्म कि उनीहरू रातमाबत्ती बाल्न पनि संकोच मान्दछन्‌ किनभने बलेको बत्तीमा पुतलीआएर जलेर मन्यो भने हिंसाको दोष आफूलाई लाग्छ भन्ने ठान्दछन्‌ ।कट्टर जैन उपासकहरू त सूर्य अस्ताए पछि भोजन नै गर्दैनन्‌ ।प्रायशः जैन साधु-सन्त आफ्नो मुखमा पद्ली बाँधेर नै बोल्ने हिँड्नेगर्दछन्‌ । यो सबै अहिंसाको द्योतक हो । वैष्णव धर्मावलम्बी, विशुद्धसनातनी श्रीकृष्ण प्रणामी, वल्लभाचार्यको पुष्टिमार्गी, कबीर, निम्बार्क,
श्रीवैष्णव आदि अहिंसाका परम पुजारी हुन्‌ । अन्य कतिपय वैदिकसनातनीहरू पनि अहिंसालाई धर्म मान्दछन्‌ भने कतिपयलेजीवहत्यालाई मात्र पाप कर्म मानेर अरुले काटेको मासु खाँदा पापलाग्दैन भन्ने ठान्दछन्‌ । यस प्रकार आ-आफ्नो स्वार्थ अनुकुलकोधर्मको मान्यता चलिआएको देखिन्छ ।

धर्म

Shree Navatan Dham (SND)

कतेब पक्ष-बाइबल, कुरान, जंबूर र तौरेतादि धर्म ग्रन्यहरूले प्राणी हिंसालाई पापकर्म मानेका पाइदैन

प्राणीको रक्षा तथा प्राणीअहिंसा भन्ने सिद्धान्तलाई यहुदी, क्रिश्चियन, मुसलमान आदिलेमान्दैनन्‌ । तसर्थ प्राणीको हत्या गरी मासु खाने कुरालाई तिनीहरू अधर्मठान्दैनन्‌ । यस प्रकारले संसारमा धर्मको अर्थ अनेक प्रकारले लगाउनखोजिएता पनि हिन्दू धर्म शास्त्रले भने “अहिंसा परमो धर्म” भनीधर्मलाई परिभाषित गरिदिएको छ । त्यसैगरी यजुर्वेदले उक्त तथ्यलाई“पशु मा हिंसी:” अर्थात्‌ “प्राणीलाई नमार” भनेर प्रष्ट परिदिएको छ ।सन्त तुलसीदासजी भन्नुहुन्छ कि “दया धर्मका मूल है” अर्थात्‌ दया नैधर्मको मूल हो । प्राणीप्रति दया भएपछि प्राणी हिंसा हुँदैन तसर्थअहिंसा नै परम धर्म हो । महर्षि कणादले पनि धर्मको परिभाषा यसरीदिनु भएको छ “यतोषभ्युदयानि श्रेयसः सिद्धि: स धर्म:” अर्थात्‌ जसबाटमानव जीवनको उत्थान र आत्मकल्याण हुन्छ त्यही नै धर्म हो ।
वास्तवमा धर्मको एउटै अर्थ हुनुपर्छ । धर्मको मुख्य रहस्यभनेकै सत्य हो । शास्त्रमा के भनिएको छ भने “न हि सत्यात्परोधर्मः” । धर्ममा परिवर्तन हुनु हुदैन । जुन सत्य छ त्यसमा कसरीपरिवर्तन हुन्छ र ? जुन रूपान्तर हुन्छ त्यो कसरी सत्य हुन्छ ? दान-दया, आचार-विचार, सेवा, कथा, प्रथा आदि धर्मका अवयव हुन्‌ ।जस्तै मेरो हात “म” हैन । आँखा, कान, हात, गोडा, ‘म’ हैन । यी सबैमेरो शरीरका अङ्ग भए जस्तै दान, दया, सेवा आदि पनि धर्मकाअङ्गहरू हुन्‌, धर्मका मूल रूप होइनन्‌ । शरीरका अङ्ग-प्रत्यङ्गमापरिवर्तन आउँछ । बाल अवस्था युवा अवस्थामा र युवा अवस्था बृद्धाअवस्थामा परिवर्तन हुन्छ तर ‘म’ कहिले पनि परिवर्तन हुँदैन ।यसैगरी दान-दया, सेवा, आचार-विचार आदि रूपान्तर हुँदै जाने कुरा
भएकाले यी सबै आफैँ धर्म होइनन्‌ । ती धर्मका अङ्ग अथवा धर्मप्राप्तिका साधन हुन्‌ भन्न सकिन्छ ।
जुन शाश्वत छ, सत्य छ सनातन छ, अखण्ड, अविनाशी रअद्दैत छ त्यही धर्म हो । यी सम्पूर्ण गुणहरू पूर्णब्रह्म परमात्मा अनादिअक्षरातीत श्रीकृष्णमा विद्यमान छन्‌ । श्रीकृष्ण शाश्वत, सत्यसनातन, अखण्ड र अविनाशी हुनुहुन्छ । यसकारणले धर्मको पराकाष्ठाअर्थात अन्तिम स्वरूप एक श्रीकृष्ण हुनुहुन्छ । यसरी पूर्ण पुरुषोत्तमअनादि अक्षरातीत श्रीकृष्ण नै एक परम सत्य धर्म हो । उनै पर्णपुरुषोत्तम श्रीकृष्णको तत्व जान्न बुभन, उहाँकै ध्यान, स्मरण, चिन्तनर भक्ति गर्नका लागि निरन्तर जागृत भएर उहाँलाई नै आफ्नो मनमन्दिरमा धारण गर्नु नै परम धर्म हो । “धारयतीति धर्म” यही नैपरम सत्य धर्मको मर्म हो ।

धर्म

Shree Navatan Dham (SND)

सत्य एकाङ्गी नभै सार्वजनिक हन्छ

जस्तै सर्य कसैकोव्यक्तिगत हुँदैन । सूर्य हिन्दू, मुसलमान, इसाईको छुट्टाछुट्टै हुँदैन ।सूर्यको प्रकाश सबैका लागि बराबर हुन्छ । यसरी नै परम सत्य धर्मपनि कसैको व्यक्तिगत हुन सक्दैन । परम सत्य धर्म एउटै हुन्छ, चाहेहिन्दूले आफ्नै ठानून्‌, चाहे मुसलमानले, चाहे इसाईले आफ्ना-आफ्नाठानून्‌ । यस विषयमा महामति श्री प्राणनाथजी भन्नुहुन्छ –
जुदे जुदे नामे गावही, जुदे जुदे भेष अनेक ।
जिन कोइ झगडो आपमे, धनी सबोंका एक ॥
नाम सारौं जुदे धरे, लइ सबों जुदी रसम ।
सबमेँ उमत और दुनिया, सोई खुदा सोई ब्रह्म ॥”
पौराणिक सनातन, धर्ममा दया, दान, तप, शद्धता, सहिष्णतासंयम, नियम, अहिंसा, ब्रह्मचर्य, त्याग, सदग्रन्थको अध्ययन, नम्रतासमदृष्टि, सेवा, सद्भाव, मौनता, आत्मचिन्तन, प्राणीमात्रमा दया ररक्षाको सद्भाव आदि सबै हिन्दू धर्मको अङ्ग वा लक्षण मानिन्छ ।मानिसले एक परम सत्य धर्मलाई अनेकमा विभाजन गरिदिएका छन्‌ ।वास्तवमा जुन सत्य, शाश्वत, अविनाशी, अनन्त, अ्दैत, सनातन छुत्यही धर्म हो । यी सम्पूर्ण गुण-स्वभावहरू पुर्ण प्रुषोत्तम अनादि
अक्षरातीत श्रीकृष्णमा समाहित छन्‌ । अत: एक सत्य परमधर्म नैश्रीकृष्ण हुन्‌, सम्पूर्ण प्राणीका लागि । अक्षरातीत श्रीकृष्णलाई जान्नु-मान्नु र संझेर उनैको चिन्तन मनन गर्दै उनलाई आफ्नो आत्माकोस्वामी-आराध्यदेव मानी सेवा पूजार्चना गर्नु त्यही नै सत्य धर्म हो ।उनै अविनाशी पूर्णब्रम्हलाई सबैले आफ्नो अन्तस्‌मा पूर्णरुपले धारणगर्नु नै परम सत्य धर्म हो । धारयतीती धर्म ।
शवर्मो रक्षति रक्षितः
धर्मको संरक्षण र संबर्धन हामीले ग्यौं भने धर्मले हामीलाईआध्यात्मिक शक्ति उर्जा दिन्छ जसले गर्दा हामीलाई सुःख शान्तिर आपसमा सद्भाव प्रेमको अभिवृद्धि भई परमात्मा प्राप्तिमासहजता र सरलता हुन्छ । परमात्मा प्राप्ति नै मोक्ष हो ।