July 27, 2021, Tue, 25:07:14
By Shree Navatan Dham (SND), (SND)
श्रीकृष्ण प्रणामी घर्म
श्रीकृष्ण प्रणामी घर्म
श्रीकृष्ण प्रणामी घर्म
By Shree Navatan Dham (SND), (SND)
2021-07-27
श्रीकृष्ण प्रणामी घर्म

Shree Navatan Dham (SND)

श्रीकृष्ण प्रणामी धर्म भनेको पूर्णब्रह्म परमात्मा अक्षरातीत
श्रीकृष्णलाई आफ्नो आत्माको मालिक मानेर उनै पूर्णब्रहमको पूजा
अर्चना गर्ने धर्म हो । प्रणामी धर्म परम सत्य धर्म हो । प्रणामी धर्म
भनेको नै सत्य हो । शास्त्रले भनेको छ “धवारयतीति धर्म” सत्यलाई
सत्य आत्माले धारण गर्नु, अङ्गीकार गर्नु नै धर्म हो । सत्य भनेकै
कृष्ण हो, कृष्ण भनेकै सत्य हो । त्यसैले कृष्णलाई आफ्नो अन्तस्‌मा
धारण गर्नु भन्दा ठूलो धर्म अर्को कुनै छैन । श्रीकृष्ण प्रणामी धर्म शुद्ध
सनातन-प्राचीन अखण्ड अविनाशी धर्म हो । किनभने परमात्मा
श्रीकृष्ण शुद्ध सनातन शाश्वत अविनाशी हुनुहुन्छ । उहाँको स्वरूप,
श्रृङ्गार, लीला र धाम पनि अखण्ड अविनाशी छ । श्रीकृष्ण प्रणामी धर्म
र श्रीकृष्णमा तादात्म्य अखण्ड सम्बन्ध जोडिएको छ जसरी चन्द्रसँग
उसको चाँदनी र फूलसँग सुगन्धको सम्बन्ध अमीट र अखण्ड हुन्छ,
जसलाई अलग-अलग गर्न सकिन्न । एक सिक्काको दुई पाटा भने
जस्तै श्रीकृष्ण र श्रीकृष्ण प्रणामी धर्म हुन्‌ । श्रीकृष्ण सत्य, अनादि,
शाश्वत, शुद्ध सनातन हुनुहुन्छ, त्यसैले श्रीकृष्ण प्रणामी पनि अनाद्दि
शाश्वत शुद्ध सनातन धर्म हो ।

यो धर्म संसारमा कहिलेदेखि थियो र कहिलेसम्म रहन्छ भन्ने सवालमा
जहिलेदेखि कृष्ण हुनुहुन्छ तबदेखि नै श्रीकृष्ण प्रणामी धर्म पनि छुर
जहिलेसम्म श्रीकृष्णको अस्तित्व रहन्छ तहिलेसम्म श्रीकृष्ण प्रणामी
धर्मको पनि अस्तित्व रहन्छ । अर्थात्‌ श्रीकृष्ण र श्रीकृष्ण प्रणामी धर्म
परस्परमा अन्योन्याश्चित छन्‌ ।

परमात्माको यस मनोरम सृष्टि/जगत्‌मा कृष्ण प्रणामी धर्मलाई
आद्याचार्य निजानन्द स्वामी सद्गुरु श्री देवचन्द्रजी महाराजले प्रकट
गर्नु भएको हो । उहाँले वि.सं. १६६४ देखि निष्ठाबद्ध भई कठोर
साधनापूर्वक चौध वर्षसम्म श्रीमद्भागवत कथा श्रवण गर्नु भयो । त्यस
साधनाको फलस्वरूप वि.सं. १६७८ आश्विन चतुर्दशी तिथि रविवारका
दिन पूर्णब्रह्म परमात्मा अक्षरातीत श्रीकृष्णले दर्शन दिई षोडषाक्षरी
बीज तारतम महामन्त्र प्रदान गरी यस विश्व जगत्‌मा श्रीकृष्ण प्रणामी
धर्मको प्रचारमा प्रसार गर्न आज्ञा दिनु भयो । तत्पश्चात्‌
निजानन्दाचार्य सद्गुरु धर्मको प्रचारमा लाग्नु भयो । सद्गुरुले आफ्नो
परम शिष्य महामति श्री प्राणनाथजीलाई वि.सं. १६८७ मंसिर शुक्ल
नवमीका दिन सन्त्र-दीक्षा दिएर धर्मको प्रचार प्रसार गर्नै आशीर्वाद
सहित आदेश दिनु भयो । महामति श्री प्राणनाथजीले देशदेशान्तरमा
व्यापक रूपले श्रीकृष्ण प्रणामी धर्म निजानन्द सम्प्रदायको प्रचार प्रसार
गर्नु भएको हौ । सद्गुरु निजानन्दाचार्य श्री देवचन्द्रजी महाराज
पश्चात्‌ महामति श्री प्राणनाथजीको श्रीकृष्ण प्रणामी धर्मको प्रचार
प्रसार र विस्तारमा विशिष्ट योगदान रहेको छ।

श्रीकृष्ण प्रणामी धर्मलाई सम्प्रदायको रूपले हेर्ने हो भने
निजानन्द सम्प्रदायको नामले चिनिन्छ । सम्प्रदाय र धर्म फरक चीज
हुन्‌ । सम्प्रदाय भनेको पन्थ८मार्ग हो । धर्म मंजील अर्थात्‌ गन्तव्य
स्थल हो । धर्म भनेको सूर्य हो भने सम्प्रदाय भनेको ताराहरू जस्तै
हौ । सम्प्रदाय धेरै हुन्छन्‌ तर धर्म एउटै हुन्छ । धर्म भनेको सत्य हो,
सम्प्रदाय भनेको सत्यसम्म पुन्याउने बाटाहरू हुन्‌ । मार्ग कहिल्यै
मंजील अर्थात्‌ गन्तव्य स्थल हुन सक्दैन ।

Enable Notifications    Subscribe No thanks